2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

कानून कार्यान्वयनमा अडिग रहने छु: प्रनाउ फुयाल

कविता उपाध्याय//कात्तिक २२, रोल्पा । केहीदिन अगाडिमात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पामा आउनु भएका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले अनावश्यक दवाद र सिफारिस नगर्न सरोकारवाला सबैसंग अनुरोध गर्नुभएको छ । 

उहाँले भन्नुभयो “अनावश्यक दवाद र सिफारिसले तीतो अनूभुति गर्नुपर्छ । त्यसैले तपाईहरु निश्पक्ष रुपमा कामगर्ने वातावरण तयार गरिदिनुस् कानून कार्यान्वयनमा म अडिग रहने छु ।” जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा  प्रहरी परिषरमा आज विहान भएको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो अनुरोध गर्नुभएको हो । 

प्रनाउ फुयालले सफा मनले काम गर्दा सबैको सहयोग र सद्भाव पाइने भएको हुँदा आफू तटष्थ रुपमा काम गर्ने लक्ष्यका साथ रोल्पा आएको बताउनु भयो । यसैवीच उहाँले भन्नुभयो “आगामी निर्वाचनसम्म त्यसमै केन्द्रित हुनुपर्ने बाध्यता छ । 

त्यसपछि सरोकारवालाहरुसंग संगै बसेर स्थानीय आवश्यकता अनुसार योजना बनाएर अघि बढ्ने मेरो योजना छ । यसमा तपाइहरुको साथ र सहयोगको खाँचो हुनेछ” उहाँले जिल्लाको विकासमा जनतासंग प्रहरी भन्ने नारालाई सार्थक बनाउदै अघि बढ्ने चाहना राखेको पनि जानकारी दिनुभयो । 

करिव १५ वर्षअघि जिप्रका रोल्पामा प्रहरी निरिक्षकको रुपमा काम गरेको स्मरण गर्दै फुयालले जिल्लामा विकासले दु्रत गतिमा फड्को मारेको बताउनु भयो । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ