१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय तहमा भ्रटाचारका मुद्दा बढे

२३ कार्तिक २०७४, बिहीबार १७:१९

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतमा ६ नं. प्रदेशमा सबैभन्दा बढी मुद्दा स्थानीय तहका परेका छन् । स्थानीय तह गठन भएको ६ महिना नपुग्दै स्थानीय तहमा भ्रष्टाचारका मुद्दा निकै बढी परेका हुन् । 

संघीय संरचना अनुसार ६ नम्बर प्रदेशका दश वटा जिल्ला मध्य सबैभन्दा बढी उजुरी सुर्खेतबाट ८३ वटा मुद्दा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार कालिकोटको मान्ममा गरेको अन्तरक्रिया कार्यक्रम जनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा कालिकोटबाट ७१, दैलेखबाट ६३, जाजरकोटबाट ६०, हुम्लाबाट ३६, रुकुमबाट २३, डोल्पाबाट १८, जुम्लाबाट १७, मुगुबाट १५ र सल्यानबाट १५ गरि कुल ४ सय १ उजुरी दर्ता भए पनि हालसम्म ४९ बटा उजुरी मात्र फछ्र्यौट भएका र ३ सय ५२ उजुरीमाथी अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक बर्षमा प्रदेश नं. ६ बाट सबै भन्दा बढी मुद्दा स्थानीय तहका हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्तले बताए । 

‘विभिन्न सरकारी निकाय मध्य स्थानीय तह अर्थात संघीय मामिला अन्र्तगतका मुद्दा बढी दर्ता भएका छन्’ उनले भने,‘संघीय मामिला तथा स्थानीयतर्फ उपभोक्ता समिति गठन प्रक्रिया अनियमितता, गुणस्तरहीन पुर्वाधार विकास निर्माण, कर्णाली रोजगारलगायतका क्षेत्रमा अनियमितता भएको, शिक्षातर्फ पाठ्यपुस्तक समयमा नपुगेको, छात्रवृत्ती वितरण नगरेका, स्वास्थ्यतर्फ औषधी खरिद प्रक्रियामा अनियमितता गरेको, करार कर्मचारी भर्नामा अनियमित हुने जस्ता उजुरी अख्तियारमा पर्ने गरेका छन् ।’

स्थानीय तह गठन भएको ६ महिना नपुग्दै सबैभन्दा बढी उजुरी स्थानीय तहको पर्नु यो राम्रो संकेत नभएको नेपाल बारएसोसियसन कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टले बताए । ‘स्थानीय तह गठन भएको छोटो अवधिमा स्थानीय तहको मुद्दा अख्तियारमा धेरै पर्नु राम्रो संकेत हैन्’ उनले भने,‘यसले के देखाउँछ भने,‘गाउँगाउँमा सिंहदरबार आएको त्योसँगै बिकृति पनि धेरै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट