चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रै"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘तयामा, खियामा र रैछाकुले’ प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा अनावरण गरिने

२०७४, २४ कार्तिक शुक्रबार ११:३२

चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रैछाकुले” का प्रतिमा अनावरण सँगै बृहत सांगीतिक कार्यक्रमको तयारी गरिएको छ । किराती सभ्यताको उद्गम स्थलका रुपमा लिईने खोटाङस्थित तुवाचुङ डाडाँमा बृहत कार्यक्रमको तयारी गरिएको हो । 

किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको आयोजना तथा किराया तयामा, खियामा, रैछाकुले प्रतिमा स्थापना समितिको ब्यवस्थापनमा हुन लागेको प्रतिमा अनावरण बिशेष कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईसँगै चर्चित गायक–गायिकाहरुको उपस्थिती तथा सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । बिश्वको इतिहासमै पहिलो पटक निर्माण भएको प्रतिमा अनावरण कार्यक्रममा गायिकाद्वय सरला राई, पार्बती राई, गायक तथा संगीतकार राई नबिन, राजु एन राई, गायिकाहरु मेनुका राई , जानुका राई , गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन बान्तावा, रामकर राई , सुरज मेवाहाङ राई, इशक राई आदिको प्रस्तुति रहने छन् । साथमा तयामा, खियामा, रैछाकुले सम्बन्धी बिशेष साकेला शिलीको समेत प्रदर्शन हुने बताईएको छ ।

प्रतिमा निर्माण तथा अनावरणका लागि देश बिदेशमा रहेका दाताहरुबाट स्वस्फुर्त रुपमा रकम संकलन भएको ब्यवस्थापन समितिका सह–संयोजक तथा आर्थिक संकलन समितिका संयोजक तेजप्रकाश राई(अधिराज)ले जनाए । ज्ञान राईको संयोजकत्वमा गठित ब्यवस्थापन समितिले देश बिदेशमा रहेका संघसंस्था तथा दाताहरुबाट करिब ६० लाख रुपैंयाँ रकम संकलन गरी प्रतिमा स्थापना तथा अनावरण गर्ने अन्तिम तयारीमा जुटेको राईको भनाई छ । दुई बर्ष अघिदेखि थालिएको प्रतिमा स्थापना अभियानलाई सफल बनाउन जिल्ला, देश तथा देश बाहिर रहेका किरात, गैर किरात सम्बन्धित संघसंस्था, समाजसेवी लगायतका ब्यक्ति ब्यक्तित्वको उत्तिकै हात रहेको ब्यवस्थापन पक्षले जनाएको छ । 

स्वर्गीय अर्जुन खालिङको स्केचमा धनु याख्खाले तयामा–खियामा र रोजन राईले रैछाकुलेको प्रतिमा निर्माण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित