१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली जडिबुटी १०औं बर्षमा

२४ कार्तिक २०७४, शुक्रबार १५:१४

कात्तिक २४, कालीकोट । स्थानीय उत्पादन हाम्रो पहिचान, जडिबुटी सहकारी हाम्रो स्वाभिमान भन्ने नाराका साथ कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लिमिटेड दशौ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अथिति रहेको जिल्ला समन्वय समितिका कालीकोटकाप्रमुख अनिपाल शाहीले समाजको आर्थिक बिकासका लागि सहकारीका माध्यमबाट योगदान गर्न सकिने भएकाले सहकारीको बिकासका लागि सबै क्षेत्रको सहयोग जरुरी भएको बताए । 

‘राज्यले पनि तीन खम्बे आर्थिक नीति अनुसार सहकारी पनि एक शसक्त खम्बा हो’ उनले भने, ‘यो खम्बा बलियो बनाउन सबै सहकारीकर्मीहरु एकजुट हुन जरुरी छ ।’ उनले जडिबुटी उत्पादक संस्था कालीकोटजिल्लामा नमूनाका रुपमा स्थापित भएको भन्दै यसको उत्पादनलाई बिस्तार गर्नु पर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष अजबहादुर गिरीले युवाहरु बिदेशमा जानुभन्दा स्वदेशमा बसेर जडिबुटी व्यवसायमा लागेर रोजगारी सिर्जना गर्नुपर्ने बताए । ‘हाम्रो देशमा भएको जडिबुटी त्यसै खेर गइरहेको छ’ उनले भने, ‘न हाम्रो देशको नीतिले हेरेको छ, नत देशको नेतृत्वले देखेको छ ।’ समाजको आर्थिक बिकासका लागि सहकारीता अपरिहार्यता भएको उनको भनाई छ ।

सहकारी संस्थाले स्थानीय जडिबुटीबाट विभिन्न किसिमका उत्पादनहरु उत्पादन गरेपनि पर्याप्त लगानी जुटाउन नसकेको र उत्पादित सामानहरुको बजारीकरण चुनौतीपूर्ण रहेको जनाएको छ । 

सहकारी संस्थाले कालीकोट जिल्लामा ४ सय ५० वटा जडिबुटी पाइने भए पनि व्यवसायिक बन्न नसक्नुले जडिबुटी खेर गइरहेको बताए । सहकारी संस्थाले हालसम्म ५६ लाख १८ हजार बराबरको कारोबार गरेको गिरीले बताए ।

कर्नाली जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष अजबहादुर गिरीको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यता, कृषि विकास कार्यालयका बागबानी अधिकृत भक्तिराम शर्मा, जिल्ला वन कार्यालय कालिकोटका अधिकृत रामचन्द्र कडेल र जिल्ला आयुर्वेद कार्यालय कालिकोटका प्रमुख लक्ष्मीप्रसाद पाण्डेको बिषेश आतिथ्यता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट