२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

हिंसा विरुद्धको रणनितिक योजना सार्वजनिक

२०७४, २४ कार्तिक शुक्रबार १५:१७

कालिकोट २४, कालीकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४सार्वजनिक गरिएको छ । 

घरेलु हिंसा,यौन शोषण,यौनजन्य अपराध,वालयौन दुव्र्यवहार, वालविवाहजस्ता हिंसाको प्रभावकारी नियन्त्रण गर्न,अनुसन्धान गरी पीडकलाई कारवाही तथा पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ पाँच वर्षे रणनीतिक योजना तयार गरिएको हो ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा प्रकाशन गरिएको रणनितिक योजनामा कालिकोटको परिचय,महिला तथा बालवालिका सेवा केन्द्र र सम्वन्धित केन्द्र, क्षेत्र र जिल्लावाट अपेक्षित भूमिका र कार्यहरु,महिला तथा बालवालिकाविरुद्ध हुने हिंसाका बारेमा जानकारी गराइएको छ ।

यस्तै महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको न्यूनिकरणकालागि कानूनी प्रावधानका बारेमा उल्लेख गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवासचन्द्र वोहाराले वताए । 

जिल्लाप्रहरी कार्यायलका प्रहरी इन्सपेक्टर सूर्यवहादुर वोगटी र निरज चौलागाईले संयुक्तरुपमा सार्वजनिक गरेको रणनितिक योजनामा बालविवाह,जवरजस्ती विवाह,वहुविवाह सम्वन्धि उजुरीको सेवा केन्द्रमा ३० प्रतिशतले वृद्धि गर्ने,सेवा केन्द्रमा उजुरी गरिएकाहरु मध्ये कम्तिमा ६० प्रतिशत पीडितहरुको समाजमा पूर्नस्थापना गर्ने लक्ष्य राखिएको जिल्ला बालकल्याण समितिका कार्यवाहक अध्यक्ष लालवहादुर मल्लले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला