१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन गर्नुपर्ने

१७ भाद्र २०७२, बिहीबार ०३:०४

नविन रावत, भदौ १७, सल्यान / जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज देखि सल्यानको कपुरकोटमा शुरु भएको छ ।

समुदाय स्तरिय ५ दिने तालिमको तयारीका लागी तयार पारीएका विषयवस्तु, निर्देशिका र शैक्षिक सामाग्रीहरुबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो पुर्व तयारी कार्यक्रममा रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका स्वास्थ्यकर्मि, श्रोत व्यक्ति र दलित विकास समाज सल्यानका फिल्ड सुपरभाइजरहरु गरी २१ ज्नाको सहभागिता रहेको छ ।

पुर्व तयारी कार्यक्रम पछि भदौ २० देखि २४ गते सम्म मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी समाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि समुदाय स्तरिय तालिम प्रदान गरिनेछ । पुर्व तयारी तालिममा सहभागिहरुले रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई प्रदान गरिने सुआहारा सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिएका छन ।

पुर्व तयारी कार्यक्रममा सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत श्रोतव्यक्तिहरु अनुप पोखरेल, माथवरसिंह थापा, विनिता खत्रि, सर्मिला गौतम, विवेक शर्मा र अनुवरुल हकले सहजीकरण गरिरहेका छन । यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक अरुण दाहाल, सुआहारा जिल्ला कार्यालय सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्याय, लेखा अधिकृत दिनेश ओझा, दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरी लगायतको सहभागिता रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले सुआहारा कार्यक्रम अन्र्तरगत जिल्लाका ३५ गाविसमा ४६३ जना महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई यस्तो समुदाय स्तरिय तालिम प्रदान गर्न लागेको कार्यालयका जनस्वास्थ्य निरीक्षक अरुण दाहालले जानकारी दिएका छन ।

पुर्व तयारी कार्यक्रमहरु ११ गाविसको लागी भदौ २५ र २६ गते थारमारेमा, ७ गाविसको लागी असोज १७ र १८ गते सल्लीबजारमा र १० गाविसको लागी भदौ २७ र २८ गते श्रीनगरमा गरिने सुआहारा कार्यक्रम सल्यानका जिल्ला संयोजक पवन योगीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार