२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन गर्नुपर्ने

२०७२, १७ भाद्र बिहीबार ०३:०४

नविन रावत, भदौ १७, सल्यान / जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा सुआहारा कार्यक्रम अन्र्तरगत मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी सामाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि दुई दिने पुर्व तयारी कार्यक्रम आज देखि सल्यानको कपुरकोटमा शुरु भएको छ ।

समुदाय स्तरिय ५ दिने तालिमको तयारीका लागी तयार पारीएका विषयवस्तु, निर्देशिका र शैक्षिक सामाग्रीहरुबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सो पुर्व तयारी कार्यक्रममा रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका स्वास्थ्यकर्मि, श्रोत व्यक्ति र दलित विकास समाज सल्यानका फिल्ड सुपरभाइजरहरु गरी २१ ज्नाको सहभागिता रहेको छ ।

पुर्व तयारी कार्यक्रम पछि भदौ २० देखि २४ गते सम्म मातृ शिशु तथा वाल्यकालिन पोषण सुधारका लागी समाजिक व्यवहार परिवर्तन सञ्चार सम्वन्धि समुदाय स्तरिय तालिम प्रदान गरिनेछ । पुर्व तयारी तालिममा सहभागिहरुले रिम, सारपानी गर्पा, सिनवाङ, धनवाङ, फलावाङ, काभ्रा र कारागिठिका महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई प्रदान गरिने सुआहारा सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिएका छन ।

पुर्व तयारी कार्यक्रममा सुआहारा नेपाली प्राविधिक सहयोगी समुह अन्र्तरगत श्रोतव्यक्तिहरु अनुप पोखरेल, माथवरसिंह थापा, विनिता खत्रि, सर्मिला गौतम, विवेक शर्मा र अनुवरुल हकले सहजीकरण गरिरहेका छन । यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य निरीक्षक अरुण दाहाल, सुआहारा जिल्ला कार्यालय सल्यानका अत्यावश्यक पोषण कार्य अधिकृत हरि प्रसाद उपाध्याय, लेखा अधिकृत दिनेश ओझा, दलित विकास समाज सल्यान अन्र्तरगत सुआहारा कार्यक्रमका फिल्ड संयोजक पुरुषोत्तम गिरी लगायतको सहभागिता रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले सुआहारा कार्यक्रम अन्र्तरगत जिल्लाका ३५ गाविसमा ४६३ जना महिला स्वास्थ्य स्वयंसेविका, अगुवा कृषक, सामाजिक परिचालक, महिला वाल शिक्षीका र किसान परियोजना, वहुसरोकारवाला वन कार्यक्रम, जिवनका लागी स्वास्थ्य लगायतका कार्यक्रमका स्थानिय सहजकर्ताहरुलाई यस्तो समुदाय स्तरिय तालिम प्रदान गर्न लागेको कार्यालयका जनस्वास्थ्य निरीक्षक अरुण दाहालले जानकारी दिएका छन ।

पुर्व तयारी कार्यक्रमहरु ११ गाविसको लागी भदौ २५ र २६ गते थारमारेमा, ७ गाविसको लागी असोज १७ र १८ गते सल्लीबजारमा र १० गाविसको लागी भदौ २७ र २८ गते श्रीनगरमा गरिने सुआहारा कार्यक्रम सल्यानका जिल्ला संयोजक पवन योगीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा