२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

राहातका लागी पहल गरिदिन ईन्सेकलाई गुहार्दै द्धन्दपिडित

२०७४, २७ कार्तिक सोमबार ०४:००

कार्तिक २७, मुगु । नेपाल सरकार शान्ति मन्त्रालयले द्धन्दपिडित हरुलाई उपलब्ध गराउने राहतका लागी स्थानिय शान्ति समितिमा आफुहरुले नाम दर्ता गराएको भएपनि अहिले सम्म कुनै खाले राहत नपाएको भन्दै राहतका लागी सम्बन्धित निकायमा पहल गरिदिन अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक लाई आग्रह गरेका छन । 

तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादी र राज्य  बाट पिडित भएको भनि स्थानिय शान्ति समितिमा आफनो नाम दर्ता गराएको भएपनि नेपाल सरकार बाट द्धन्दपिडितहरु लाई उपलब्ध गर्ने भनिएको कुनै खाले राहत तथा सेवा सुबिधा नपाएको भन्दै ०७४ कार्तिक २६ गते ईन्सेक मुगु लाई   चार जना द्धन्द पिडितहरुले राहत तथा सेवा सुबिधाको लागी पहल गरिदिन हुन ईन्सेकलाई लिखित रुपमा आग्रह गरेका हुन । 

छाँयानाथ रारा नगरपालिका—९  का ३७ बर्षिय बिजय लाल रोकाया सोहीवडाका ३१ बर्षिय सत्तल सिह रोकाया, ३३ बर्षिय दंग्ल्या रोकाया र ४५ बर्षिय सुकल लाल रोकाया लाई  ०५९ साल पुस २९ गते तत्कालिन बिद्रोही पक्ष नेकपा माओबादीले घर बाटै अपहरण गरी २३ महिना सम्म आफनो कब्जामा लिएका थिए । 

माओबादीले २३ महिना पछी अपहरण मुक्त गरेपछी घर फर्केका पिडित चार जना मध्ये दंग्ल्या रोकाया लाई ०६१ मंसिर ५ गते गाँउ नजिक बसिरहेका बेला रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालि दत्त गुल्म बाट गएको नेपाली सेनाले बाँया खुट्टामा गोली हानी घाईते बनाएको र सोही दिन पिडित बिजय लाला, सत्तल सिह र सुकलाला लाई गिरप्तार गरी छ महिना सम्म नजर बन्दमा राखि यातन दिएको थियो ।  

शान्ति पश्चात स्थानिय शान्ति समितिमा चारै जनाले द्धन्द पिडितमा आफनो नाम दर्ता गराए तर हाल सम्म नेपाल सरकार शान्ति मन्त्रालयले स्थानिय शान्ति समिति मार्फत उपलब्ध गराउने राहत नपाएको भन्दै राहतका लागी ईन्सेक लाई पहल गरिदिन आग्रह गरेको पिडित बिजय लाल रोकायाले बताउनुभयो ।

चारै जना दुबै पक्ष बाट पिडित भएको आबश्यक काजपत्र सहित स्थानिय शान्ति समितिमा दर्ता भई शान्ति मन्त्रालयमा नामवलि पठाएको भएपनि उनिहरुको मन्त्रालयबाटै सिफारीस नभएका कारण राहत बाट छुटेको हुन सक्ने स्थानिय शान्ति समिति मुगुका सुब्बा धर्म राज चौलागाइले जानकारी दिएका छन ।

०७४ कार्तिक १० गते नर्बेजियन राजदुताबासका दुई जना प्रतिनधी र ईन्सेक मध्यपशिचम क्षेत्रिय कार्यालयको सयुक्त टोलिले जिल्लमा द्धन्द पिडित हरु संग गरेको अनुगमन तथा छलफल पश्चात राहत तथा सेवा सुबिधाका बारे जानकारी पाएका पिडितले बताउनुभयो । -नन्द बहादुर रोकायाको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला