१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विद्धालयको वार्षिक उत्सवमा शिक्षक, विधार्थी सम्मानित

२८ कार्तिक २०७४, मंगलवार ०२:२४

चिसाङ शेर्पा/कार्तिक २८, खोटाङ । श्रीमावि मझुवा बासवोटे लफ्याङको ५७ औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट २ शिक्षक र दुई विधार्थी सम्मानित भएका छन् । 

सोमवार भएको वार्षिक उत्सवमा शिक्षक कृष्ण प्रसाद खतिवडा, लक्ष्मी घिमिरे तथा विधार्थीद्धय प्रतिक्षा राई र कौशलराज कट्वाललाई विद्धालयले सम्मान गरेको हो ।  

विद्धायलयमा भएको ५ अक्षयकोषको साँवावाट आएको ५० प्रतिशत ब्याजको रकमले शिक्षकलाई क्रमश दोसल्ला, प्रशंसापत्र र विधार्थी कापी, कलम दिदै सम्मान गरिएको विद्धालयले जनाएको छ । 

विद्धालयमा भुतपुर्व विधार्थी अक्षयकोष, स्वर्गीय मनमाया राई अक्षयकोष, स्वर्गीय चिमा राई अक्षयकोष, स्वर्गीय दैवप्रसाद तथा तुलसा घिमिरे अक्षयकोष र सेरालुङहछा अक्षयकोष रहेको छ । प्रत्येक वर्ष सोही कोषको व्याज रकमले वार्षिक उत्सव गरिदै आईएको छ ।   


नगरपालिकाको हकमा स्थानिय सरकार कायम भएपश्चात जनप्रतिनिधीहरुले लफ्याङमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । शिक्षालाई प्रभावकारी र व्यवहारिक बनाउन वडा समितिले पुजींगत खर्चवाट उक्त विद्धालयमा प्रोजेक्टर र ल्यापटप खरिद गरिदिएका छन् । विधुतिय माध्यमद्धारा मंसिरवाट श्रव्यदृश्य पठनपाठन हुने विद्धालयले जनाएको छ ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष निर्मल राईले लफ्याङलाई शिक्षाको स्तरमा माथी उकास्न कुनै कसर वाँकी नराख्ने बताएका छन् । “लफ्याङका विद्धालयवाट उत्पादन भएका विधार्थीहरुलाई विदेश जान रोकेर गाउँमै केही उदाहरणिय काम गरेर जिवन गुजारा गर्ने स्थिती वनाउन स्थानिय सरकार लागि परेका छौ ।” राईले भने ‘त्यसका लागि पठनपाठन सुधारमा विद्धालय व्यवस्थापन समिति, विद्धालय प्रशासन, शिक्षकलाई चुस्तदुस्त राख्ने गरेका छौ ।’ 

लफ्याङमा शैक्षिक, भौतिक, प्रशासनिक सुधारका लागि गत असार १८ गतेवाट विधालयहरुमा एकएकवटा आगन्तुक टिपोट पुस्तिका दिईएको छ । 

‘टिपोट पुस्तिकामा विधालयमा जो कोही अनुगमन तथा भ्रमणमा जान्छन् विधालयको जे गतिविधी देख्छन् त्यही उक्त पुस्तिकामा लेखिने गरिएको छ । लेखिएको समस्यालाई विधालय व्यवस्थापन समितिको बैठकमा पहिलो बिषय बनाएर समाधान खोजिने गरेको छ । लफ्याङमा आधारभुत विधालय एक, मावि एक र ३ प्रावि विद्धालय रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट