२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अत्यधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

२०७४, २८ कार्तिक मंगलवार ०७:४९

कात्तिक २८, म्याग्दी । अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ । 

धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो । 

ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियोे । दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो । 

शिशुको अवस्था भने सामान्य छ । खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ । दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते