Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जाजरकोटमा आमाछोराको भिरबाट लडेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ३०, जाजरकोट (रासस) |</b> जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ ।&nbsp;<br></p><p>जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।&nbsp;</p><p>जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका मात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गर्छ ।&nbsp;</p>