2026-09-28 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठमा

प्रकाश धौलाकोटी, चैत २९, तेह्रथुम । एकिकृत नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु क्रान्तिकारीको ८ औँ जिल्ला सम्मेलन जेठ दोस्रो साता हुने भएको छ ।

जिल्ला सम्मेलन आयोजक समितिको बैठकले जेठको १२ र १३ गते सदरमुकाम म्याङलुङमा सम्मेलन आयोजना गर्ने टुंगो लगाएको हो । ‘क्रान्तिकारी विद्यार्थी बीचको एकता निशुल्क शिक्षाकोलागि हाम्रो आन्दोलन, संविधान कार्यान्वयनको पक्षमा ८ औँ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्पुर्ण बामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरुलाई एक जुट हुन आव्हान गरिएको जिल्ला सम्मेलन आयोजक समितिका संयोजक योगेश भट्राईले जानकारी दिए ।

पार्टीको केन्द्रिय कमिटीमा फुटका कारण आएको हलचल सँगै जिल्लाहुँदै विद्यार्थी संगठनसम्म परेको फुटको असरका बीच सम्मेलनले जिल्लामा संगठनको नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनअघि जिल्लाका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुमा पुगेर संगठन विस्तारको काम गरिने आयोजक समितिका संयोजक भट्राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह