सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अामा ! मेरै गल्तीले एचअाइभी एड्स सर्यो !

२०७४, २ मंसिर शनिबार ०२:४६

सास । मंसिर २, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी सरेको हो ।


यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्यार्थीहरुलाई आयोजित स्वागत कार्यक्रममा प्रस्तुत गरिएको सन्देशमूलक नाटकमा देखिएको दृश्य थियो । सबै छात्राहरुले नै यसमा सम्पूर्ण पात्रहरुको भूमिका निभाएका थिए । अत्यन्तै सुन्दर ढंगबाट एचआईभी एड्का सन्दर्भमा सचेतनामूलक विषयमा केन्द्रित रहेको नाटक हेर्ने दर्शकहरुले मनोरञ्जनका साथमा सन्देश पनि प्राप्त गरिरहेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु विद्यार्थीहरुबाट प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले अङ्ग्रेजी भाषा भन्दा पनि आफ्नै भाषालाई प्राथमिता दिनुपर्नेमा जोड दिनुभयो । साथै अब प्रयोगात्मक शिक्षालाई जोड दिँदै किताबी ज्ञान भन्दा पनि पायोगात्मक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने कुरा औंल्याउनुभयो ।

सिर्जनशील प्राविधिक शिक्षालयका सञ्चालक तथा साहित्यिक व्यक्तित्व हेमराज ज्ञवालीले नेपाली भाषा पछिल्लो समयमा विकृत बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस सवालमा सबैको चिन्ता र चासो व्यक्त गर्नुभयो । 


बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डे विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्रिन्सिपल गंगा पौडेलले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिनुहुँदै कलेजबाट उत्पादित विद्यार्थीहरु अब्बल भएर निस्कनु पर्छ भन्नुहुँदै सबै विद्यार्थीहरुलाई आ–आफ्नोतर्फबाट मिहिनेत गर्नका लागि सुझाव दिनुभयो ।

हाल यस कलेजले १८ महिने कार्यक्रमहरु ४ ओटा, नर्सिङ र सिएमएलटी गरी जम्मा ६ ओटा प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अाफ्नै नीजि भवनमा सुविधा सम्पन्न प्रयोगशालासहित जिल्लामै पहिलोपटक नर्सिङ विषयको पठनपाठन शुरु गरिएको भेरी कलेज अफ मेडिकल साइन्स छोटो समयमा मध्य पश्चिममै अब्बल दर्जामा रहँदै विगतका नतिजाहरुमा उत्कृष्ट बन्न सफल भएको कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रले बताउनुभयो । यस कलेजमा अध्यनन गरी प्राविधिक दक्षता हासिल गर्नका लागि मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाहरुबाट अाउने विद्यार्थिहरुको संख्या बढ्दो रहेको निर्देशक मिश्र बताउनुहुन्छ ।

 

स्वागत कार्यक्रममा बर्दिया मेडिकल इन्स्टिच्यूटका अध्यक्ष पञ्चलाल नापित, कलेजमा प्रशिक्षण गर्नुहुने प्रशिक्षक तथा कर्मचारीहरु, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कलेजको परिसरमा अायोजना गरिएको थियो । 

नाटकमा अभियन गर्दै नर्सिङ्ग तेस्रो वर्षका विद्यार्थीहरु ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला