Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भक्कानिदै सयपत्रीमै बलिन्धारा आँशु !

२०७४, ३ मंसिर आईतवार १६:१९

प्रभात सुवेदी । मंसिर ३, बर्दिया । 

जीवनको छ दशक अर्थात साठी वर्ष भनेको चानचुने उमेर पनि हैन । अनि शिक्षा जस्तो पवित्र क्षेत्रमा समर्पित भएर झण्डै तीस वर्ष व्यतित गर्न पाउनु पनि कम भाग्यको कुरा पनि त हैन । अनि जीवनको साठीआँ बसन्त पार गरिरहँदा र शिक्षण पेशाबाट अनिवार्य अवकाश लिँदा बिहिबार कृष्णा दिदी मात्रै हैन विद्यालयको माहोल नै भावुक बनेको थियो ।

 

गलाभरी सयपत्रीका मालाहरु र ती माला बनेका प्रत्येक फूलका थुङ्गाहरु कृष्णा मेडमकै गहभरीका आशुँका भेलसँगै भावुक बनेका थिए । 

वि.सं. २०१६ सालमा सेती अञ्चल अछाम जिल्ला बयलपाटा गाविस वडा नं. १, मा पिता भिम बहादुर श्रेष्ठ र माता यशोदादेवी श्रेष्ठका कोखबाट चार भाइ तीन दिदीबहिनीमध्ये जेष्ठ सन्तानका रुपमा जन्मिनुभएकी कृष्णा मेडमले अध्यापन पेशा २०३५ सालबाट नेराप्रावि सुहेलवा गुलरिया, बर्दियामा अस्थायी नियुक्ति लिनुभई वि.सं. २०३६ सालमा बगलामुखी नि.मा.वि. हुँदा सरुवा भई आउनुभएको थियो । त्यसपछि निरन्तर बगलामुखी राधाकृष्ण थारु मा.वि. मा रही हालसम्म अध्ययन कार्यमा अहोरात्र खटिनुभयो । वि.सं. २०३९ सालमा स्थायी हुनुभई वि.सं. २०६८ सालमा प्राथमिक तहको द्वितीय तहमा बढुवा हुनुभएको हो वहाँ । 

लोकसेवा पास गरेर खरिदार पदमा नाम निकाल्नुभएपछि वि.सं. २०३४ सालमा लोक सेवा आयोग सेती अञ्चल कार्यालयमा नियुक्ति भएपनि निजामती सेवालाई तीलाञ्जली दिँदै बर्दिया आएर शिक्षण पेशा शुरु गर्नुभएको हो ।

यतिका लामो समय शिक्षण पेशामा व्यतित गर्न पाउँदा शिक्षक तथा विद्यार्थीहरुसँगै सुख बाँडेर रहन पाएकोमा परिवारकै सदस्यहरुसँगै बसेजस्तै गरी जीवन व्यतित भएको महशुस गर्नुहुन्छ वहाँ ।  ‘सदरमुकाम गुलरियाको विद्यालय बगलामुखी राधाकृष्ण थारु मा.वि. मा  शिक्षक स्टाफहरुसँग कुनै दिन पनि नराम्रो नभैकन परिवारको सदस्यहरुसँग बसेको अनुभव गरी यस विद्यालयबाट अवकास हुन पाएकोमा अत्यन्तै गौरवान्वित भएको छु ।’ कृष्णा मेडम बताउनुहुन्छ ।  

३९ वर्ष ३ महिना सम्म शिक्षा क्षेत्रमा सेवा गरेर निवृत्त हुँदा विद्यार्थीहरुको आँखा नै रसाउनु त स्वभाविक नै थियो नै विद्यालयको वातावरण नै स्तब्ध बनेको थियो । जीवनभर यसरी शिक्षण गरिरहँदा सबैबाट माया ममता पाउँदा र आफुले गर्न सकेको सहयोगमा रमाइरहन पाएकोमा निकै खुशी देखिनुहुन्छ वहाँ । 

निवृत्त जीवनमा यहीँ गरौँला भन्ने केही सोच नभएपनि आफ्ना जीवनका तीतामिठा अनुभूतीहरु सँगालेर पुस्तक प्रकाशन गर्ने सोच रहेको वहाँ बताउनुहुन्छ र बाँकी समय भनेको समाज सेवा र अरुको कल्याणमै विताउन चाहनुहुन्छ । 

पछिल्लो सयममा विद्यार्थीहरुमा छाएका विकृतिहरुका सन्दर्भमा वहाँ भन्नुहुन्छ, ‘हामी पुराना शिक्षकहरुको अनुभवमा अहिलेका विद्यार्थीहरु पहिलाका जस्ता नभएका र अहिले दण्ड र भयरहित शिक्षाको अवधारणा र यसको व्यवहार तथा अभिभावकहरुको वेवास्ताका कारण विद्यार्थीहरुमा अनुशासनहिनता बढ्दै गएको छ, यसका लागि केही न केही कुराको कोही न कोहीको डर त हुनै पर्दछ नभए जस्तोसुकै दुव्र्येसनीमा फँस्न सक्दछन् ।’ कृष्णा मेडम बताउनुहुन्छ । 

बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियाका शिक्षाक तथा स्टाफहरुसँग विदाइ कार्यत्रमपश्चात लिइएको तस्विरमा म्याडम कृष्णा गौतम् ।

जति मैले पढाएका विद्यार्थीहरु छन् सबैको प्रगतिको कामना गर्दछु । विद्यार्थीहरुसँगै अधिकांश समय विताउने र बाँकी समय घरमा भएका घरयासी कामहरुमा समय वित्ने हुनाले सन्तानहरुलाई समय दिन नपाएको कारणले गर्दा आफ्ना सन्तानहरुभन्दा पनि विद्यार्थी नै प्यारा भए । एक छोरा दुई छोरीका आमा हुन्ुभएकी कृष्णा मेडमका एक छोरा अमेरीकामा बसोबास गर्दै आउनुभएको छ भने छोरीहरुमध्ये एक छोरी काठमाडौंमा नावय सुव्वाको जागीरे रहनुभएकी र कान्छी छोरीको आफ्नै व्यावसाय रहेको छ ।

वहाँको विदाइ कार्यक्रममा बोल्नुहुँदै विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले कृष्णा मेडमको योगदानलाई विद्यालयले सदा स्मरण गरिरहने बताउनुभयो भने शिक्षक नारायण गौतमले झट्ट हेर्दा कृष्णा मेडमको स्वभाव रुखो जस्तो भएपनि विद्यालयकै शैक्षिक समुन्नतीका लागि वहाँ त्यसरी प्रस्तुत हुनुभएको तर आन्तरिक रुप भने वहाँको निकै कोमल र सहृदयी भएको बताउनुभयो । 

विदाई समारोहमा शिक्षक तथा विद्यार्थीहरुले वहाँको प्रशंसा गर्दै गीत कविता प्रस्तुत गरेका थिए भने कसैले टीकामाला तथा उपहारहरु अर्पण गरेका र आशीर्वाद पनि लिएका थिए । 

चार दशक समय शिक्षण पेशामा विताउनुभई अवकाश लिनुहुने कृष्णा गौतम म्याडमको साझा सबाल बर्दिया परिवार हार्दिक बधाईं सहित निवृत्त जीवन सुखमय होस् भनी कामना गर्दछौँ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै