१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा देखाईयो निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक

६ मंसिर २०७४, बुधबार १२:१७

चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमुखी शिक्षा दिने उद्देश्यले दिक्तेलमा सडक नाटक मञ्चन गरिएको छ । 

निर्वाचन आयोग नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको आयोजना तथा राष्ट्रिय नाचघर र गुरुकुल नाट्य समुहको संयोजकत्वमा भञ्र्याङ नाट्यमञ्च नेपाल केन्द्रिय कार्य समिति काठमाण्डौले सदरमुकाम दिक्तेलको त्रिवेणीचोकमा बुधवार नाटक प्रस्तुत गरेको हो ।

प्रतिनिधि तथा प्रदेशसभाको चुनाव स्थानिय तहको जस्तो नहुने र निर्वाचनमा एक भोटको पनि अति महत्वपुर्ण हुने कुरालाई नाटकमा प्रस्तुत गरिएको थियो । मंसिर १० गते आईतवार भोट लगाउँदा कसरी लगाउने, पट्याउने, मसी लतपतिन नदिन के गर्ने, प्रतिनिधि, प्रदेशसभा, समानुपातिक मतपत्रका रंग र साईजका वारेमा नाटकले उपस्थित सर्वसाधरणलाई शिक्षा दिएको थियो ।


सोलुखुम्बुमा ४ र ओखलढुंगामा ५ स्थानमा सोही नाटक देखाएर मंगलवारदेखी खोटाङ छिरेको नाट्य समुहले माक्पा, सप्तेश्वर, खार्पा र दिक्तेलमा नाटक प्रर्दशन गरेको भञ्र्याङ नाट्यमञ्च नेपालका केन्द्रिय सदस्य तथा सांगितिक विभाग प्रमुख यसकुमार राईले बताए । 

आठ जना कलाकारले मञ्चन गर्ने निर्वाचन सम्बन्धी जनचेतनामुलक सडक नाटक विहीवार साकेला गाउपालिकास्थित मात्तिममा मञ्चन गरिने आयोजकले जनाएको छ । 

दिक्तेलको त्रिवेणीचोकमा नाटक देखाउँदै भञ्र्याङ नाट्यमञ्च नेपालका कलाकार । तस्विर: चिसाङ शेर्पा, खोटाङ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो