१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

७ मंसिर २०७४, बिहीबार ०३:४१

मङ्सिर ७, इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ । 

चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो । उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ । 

उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो । 

उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखाँै रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन् । 

यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली काँग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गर्नुभएकोे एक वडाध्यक्षले जनाए । 

यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूचि प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो