प्रभात सुवेदी । मंसिर ८, बर्दिया ।

समाजमा हुने लैङ्गीक हिंसा नै विकासको मूल बाधक भएको आज गुलरियामा आयोजित एक कार्यक्रममा सहभागीहरुको निश्कर्ष रहेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ८, बर्दिया ।

समाजमा हुने लैङ्गीक हिंसा नै विकासको मूल बाधक भएको आज गुलरियामा आयोजित एक कार्यक्रममा सहभागीहरुको निश्कर्ष रहेको छ ।

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लैङ्गीक हिंसा नै विकासको बाधक

२०७४, ८ मंसिर शुक्रबार १३:३४

प्रभात सुवेदी । मंसिर ८, बर्दिया ।

समाजमा हुने लैङ्गीक हिंसा नै विकासको मूल बाधक भएको आज गुलरियामा आयोजित एक कार्यक्रममा सहभागीहरुको निश्कर्ष रहेको छ ।

 

प्लान इन्टरनेशनलको साझेदारीमा ओरेक नेपालबाट सञ्चालित “बालिका पैरवी सञ्जाल” परियोजना अन्तर्गत युवा महिलाहरुका लागि आयोजित क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिमको समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर प्रसाद थारुले उक्त कुरामा जोड दिनुभएको हो । 

साथै वहाँले सबै खालका सामाजिक विभेदको अन्त्य गर्नका लागि हामी आफै पनि सक्रिय हुनु पर्ने कुरा बताउनुहुँदै अहिलको २१औँ शताब्दीमा पनि यसरी हिंसाका घटनारु भैरहँदा आफ्नै लज्जित हुनु पर्ने अवस्था भएका कारण पनि महिला तथा बालबालिकाहरुमा सचेतीकरण गर्नुपर्ने कुरा औंल्याउनुभयो । यो सरकारको कार्यक्रम भएकोले प्लान नेपाल जस्ता अाइएनजीअोको साझेदारीमा ओरेक नेपालको पहलमा यस विषयलाई अभियानका रुपमै प्राथकितामा राखी कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो ।

 

युवा महिलाहरुले हानिकारक अभ्यास र यौनजन्य दुब्र्यबहार न्यूनीकरण गर्नका लागि यसमा भूमिका पहिचान गर्दै कार्ययोजना बनाउन तथा दिगो विकास लक्ष्यसँग परियोजनाको सम्बन्ध जोड्दै तत्सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोनजा गरिएको तालिममा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका महिला जनप्रतिनिधीहरु र स्थानीय स्तरमा महिला अगुवाई गर्ने  महिला युवा तथा किशोरीहरु गरी झण्डै तीन दर्जन महिलाहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरुका तर्फबाट रामप्यारी थारुले तालिम अत्यन्तै प्रभावकारी रहेको र यसबाट आफूले आफ्नो ठाउँबाट भरपूर देखेका जानेका कुराहरुमा, शोषणमा परेका महिला तथा बालबालिकाहरुलाई समूहहरु बनाएर छलफल गर्नेछु् भन्नुहुँदै यस्तै प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिनुभएको थियो । तालिममा सिकाइ र सिद्धान्त भन्दा पनि अबका दिनमा व्यवहारिकतामा लम्किनु पर्ने कुरा समेत वहाँले औंल्याउनुभएको थियो । 

सहभागीहरुलाई शुभकामना दिनुहुँदै गैर सरकारी महासंघ बर्दियाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने र यसलाई तालिमकै रुपमा सिमित नराख्न अनुरोध गर्नुभएको थियो । तालीमबाट सिकेका कुराहरु गाउँघरका सबै व्यक्तिहरुमा बाँडिदिनका लागि आग्रह गर्नुहुँदै यस्ता तालिमहरुले समाजमा सकारात्मक सन्देश दिने भएकाले नियमित रुपमा यस प्रकारका तालिमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

जिल्ला समन्वय समितिकी बरिष्ठ कार्यक्रम संयोजक पार्वती पण्डितले महिलाको सहभागिताबाट तालिम सञ्चालन भएको र अहिले स्थानीय निकायमा पनि निर्वाचित महिलाको बाहुल्यता भएकोले विगत भन्दा पक्कै पनि महिला हिंसाका कुरा शशक्त रुपमा उठ्ने कुरामा आशावादी हुनुभयो । साथै वहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ आइसकेकामा अब नियमावली बनेपछि उपप्रमुखको संयोजनकत्वमा बन्ने न्यायिक समितिलाई यस प्रकारका हिंसाहरु अन्त्यका लागि आफैले नै सक्रिय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरा औंल्याउनुभयो ।

 

कार्यक्रममा आफ्नो बिचार राख्नुहुँदै ओरेक नेपाल जिल्ला संयोजक सहभागी प्रशिक्षार्थीहरुप्रति हार्दिक धन्यवाद दिनुहुँदै बलिका पैरवी सञ्जाल कार्यक्रम गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा, लैङ्गीक हिंसा न्यूनकिरणका लागि नागरिक समाजको सबलीकरण कार्यक्रम जिल्लाभरी गरी बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत निरन्तर रुपमा सन् २०२० सम्म रहने जानुकारी दिनुहुँदै स्थानीय निकायमा महिला जनप्रतिनिधीहरुको प्रतिनिधित्व हुनु हाम्रा लागि सुन्दर अवसर भएको बताउनुभयो । स्थानीय महिला जनप्रतिनिधीहरुको साथमा हामीले आफै नै सक्रिय भएर काम गर्न सक्यौँ भने पक्कै पनि लैङ्गीक हिंसा न्यूनीकरण गर्न सफल हुने कुरामा ढुक्क हुन सकिने बिचार राख्नुभयो ।

 

तीन दिनसम्मको तालिममा हानीकारक परम्परागत अभ्यास, कारण र असरहरु, बाल विवाह, यौनजन्य हिंसा र यसका असरहरु, विविध हिंसा र तत्सम्बन्धी कानुनी व्यवस्था, बाल संरक्षण, दिगो विकासमा व्यापक छलफल गर्दै आगामी दुई वर्षे कार्ययोजना तयार गरिएको ओरेक जिल्ला संयोजक विपना योगीले जानकारी दिनुभयो । तीन दिने तालिममा महिला तथा बालबालिका कार्यालय प्रमुख गीराकुमारी बस्नेत, शर्मिला दाहाल, विपना योगी, अधिवक्ता केशव जि.सी., सुधा चौधरी लगायतले सहजीकरण गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला