<p>मंसिर ९, दैलेख । लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ ।<br></p><p>झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको ज्यान गएको हो । उनका डेढ वर्षका छोरा विष्णु र ६ वर्षकी छोरी निरूता समेत सिकिस्त भएपछि डाँडीमाडीको निजी मेडिकलमा उपचार भइरहेको छ ।</p>
November 25, 2017
दैलेख - DLK, समाज
दैलेखमा झाडावान्ताले एक बालकको मृत्यु
By kit
1 मिनेट पढाइ










