२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्याक्टर र ट्रिपरमाथि ट्राफिक प्रहरीले कारवाही गर्न थाल्यो

१० मंसिर २०७४, आईतवार १२:१९

इमरान खान/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तुको यस बर्षको नयाँ ठेक्का पश्चात् नदी जन्य पदार्थ ढुंगा, गिटि तथा बालुवाको निकासी कारोबारसंगै बालुवा बोक्ने ट्रकहरु, ट्रिपर तथा ट्रयाक्टरहरुले सडकमा अत्यधिक मात्रामा पानी चुहाउने र ट्रलीमा ढाला थप गरि स्वरुप परिवर्तन गरेका सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 


यसरी ट्रलिमाथि ढाला थप गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सवारी धनि वा सवारी चालकलाई नै थप ढाला कटाउन अनुरोध गरिएको र अटेर गरे प्रहरी आफैले ढाला कटाई नियमानुसारको जरिवाना गरिने वा स्वरुप परिबर्तन गरेको कसुरमा यातायात ब्यबस्था कार्यालयमा जरिवाना तिर्नका लागि लेखापढि गरिने जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरक्षक अम्मर बहादुर कार्की ले जनाएका छन । 

त्यसै गरि सडकमा पानी चुहाउने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सुरक्षित स्थानमा राखी पानी चुहाउन लगाउने र नियमानुसारको जरिवाना गरिने बताएको छ । यसै क्रममा आज कपिलवस्तुको राजमार्ग स्थित चन्द्रौटा, गोरुसिंगे र पिपरा क्षेत्रका विभिन्न सडकखण्डमा ढाला थप तथा पानी चुहाउने सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहि गरे पश्चात छाडिएको छ । 

थोरै बढि आय आर्जन गर्ने उद्धेश्यले नियम बिपरित ढाला थप नगर्न र सडकमा पानी नचुहाई दिन सबै सवारी धनि, चालक तथा अन्य सरोकारवाला महानुभावहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुको अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि