१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा

११ मंसिर २०७४, सोमबार १२:१८

माधव बेल्वासे/मंसीर ११, कपिलवस्तु । शिवराज नगरपालिका १ शिवपुरलाई सोमवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाले मंसिर २५ गते सम्म नगरलाई नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोले सोहि अनुरुपमा वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको वताइएको छ ।

“शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाई तथा स्वच्छता अभियान” भन्ने नारासहित शिवराज नगरपालिकाका सम्पुर्ण वडाहरुलाई खुल्ला दिशा मुक्त वडा घोषणा गर्न नगरले निर्देशन दिएको छ ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाको लक्ष्य अनुसार काम गरेकोमा वडाका सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो ।

सन २०१७ भित्र नगरलाई जुनसुकै हालत भएपनि खुल्ला दिशा मुक्त घोषणा गर्नुपर्ने वताउदै यस वडा जस्तै अरु वडाहरुले पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुपर्ने वताउनुभयो ।शिवराज नगरपालिकाका कतिपय वडाहरुमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न निकै कठिन रहेकोले तोकिएको मितीमा गर्न कठिन हुने समेत धारणा राख्नुभयो । 


नगरप्रमुख अधिकारीले शौचालय निमार्ण गरेर मात्र नहुने भएकाले शौचालय प्रयोग गर्नुपर्ने वताउनुभयो । खुल्ला दिशा मुक्त वडा घोषणा भएका वडामा नगरले शौचालय प्रयोग गरे नगरेको अनुगमन गर्ने समेत वताउनुभयो । मधेशी समुदायमा शौचालयमा फुस,गैठा,घासपात राख्ने गरेको पाइएकोले यस्तो कार्य नगर्न नगरवासीलाई अनुरोध गर्नुभयो ।  

शिवराज नगरपालिका वडा १ मा गत साउन महिना सम्म ७४ प्रतिशत मात्र शौचलय निमार्ण भएको र हाल रहेका १ हजार ५ सय ४९ घरधुरी मध्ये शत प्रतिशत घरधुरीमा शौचालय निमार्ण भइसकेको वडा अध्यक्ष जगत जिसीले वताउनुभयो । 

कार्यक्रममा जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलयको तर्फ वाट पुरस्कार स्वरुप वडालाई ५० हजारको चेक हस्तानतरण गरिएको छ ।वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गरेकालाई सम्मान पत्रले सम्मान गरिएको गरिएको छ ।

शिवराज नगपालिका, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलय,युनिसेफ को सहयोगमा रहेका कार्यक्रममा वडा अध्यक्ष जगत जिसीको अध्यक्षता, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलयका प्रमुख कैलाश नायक, इलाका प्रशासन कार्यलयका साखा अधिकृत जगदिश अर्याल, शिवराज नगरपालिकाका प्रशासकिय अधिकृत शेसकान्त पौडेल लगाएतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण