सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुल"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिलालाई सहयोगी कामदारका रुपमा राखिएकोमा आपत्ति

२०७४, १३ मंसिर बुधबार ०४:०६

सास । मंसिर १३, बर्दिया । 

लैङ्गिक हिंसाको १६ दिने अभियान चलिरहँदा यस सम्बन्धि विभिन्न कार्यक्रम तथा सचेतनाहरु सञ्चालन गरिएको छ । यसैबीच गुलरियाको वडा नं. १ मा मंगलबार सञ्चालित एक कार्यक्रममा सहभागी महिला श्रमिकहरुले महिलाहरुलाई सहयोगी कामदारका रुपमा राखिएकोमा आपत्ति जनाएका छन् । 


नगरपालिकाको वडा नं. १ को सिमान टोलमा ईटाभट्टामा काम गर्ने श्रमिक महिलाहरुका समस्या र उनीहरुले भोग्नुपरेका यौनजन्य हिंसाहरुको विषयमा समेत आयोजित अन्र्तक्रियामा सहभागी महिलाहरुले यस्तो कुरा बताएका हुन्  । 

अन्र्तक्रयामा काम गर्ने समय अनिश्चित रहेको, महिलाहरुलाई न्यून पारिश्रमिकमा काम लगाइएको, अतिरिक्त काम गरेवापतको थप पारिश्रमिक नदिने गरिएको, श्रमिकहरुको वीमा नगरिएको गुनासो गरेका थिए । उक्त क्षेत्रमा हाल ३ ओटा भट्टाहरु सञ्चालनमा रहेकोमा सबैमा महिला श्रमिकहरु सहयोगी कामदारको रुपमा मात्रै रहेका ओरेक नेपाल बर्दियाकी जिल्ला संयोजक विपना योगीले जानकारी गराउनुभएको छ । 

विपना योगी र शर्मिला निरौलाले सहजीकरण गर्नुभएको कार्यक्रम वडा नं. १ का अध्यक्ष प्रताप कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । 

यसैबीच ओरेक नेपाल बर्दियाको आयोजना र प्लान इन्टरनेशनलको साझेदारीमा बालिका पैरवी संजाल परियोजना अन्तर्गत जिल्लाको बढैयाताल गाउँपालिका अन्तर्गत शारदा माध्यमिक विद्यालयमा स्थानीय धामिर्कक अगुवा तथा सामाजिक अभियान्ताहरु लगायत २८ जनाको सहभागितामा एक दिने अन्र्तक्रिया कार्यक्रम समेत मंगलबार गरिएको छ । 


गाउँपालिकाकी अध्यक्ष दीपा गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा यस प्रकारका कार्यक्रमहरुमा स्थानीय तहका शिक्षक, स्वयंसेविका, समाजसेवी, वुद्धिजिवीहरु लगायत अन्य सरोकारवालाहरुलाई पनि सहभागी बनाउनुपर्ने करा बताउनुभयो । समाजमा हुने हानिकारक अभ्यासहरुको विरुद्धमा अधिकारकर्मी तथा प्रतिनिधीहरु भन्दा पनि यसरी सामजिक तथा धार्मिक अभियान्ताहरुलाई सहभागी गराउँदा अझ प्रभावकारी हुने र यस प्रकारका अभ्यासहरुलाई समाजबाट उन्मुलन गर्न सहयोग पुग्ने कुरा उपध्यक्ष दीपा गौतमले बताउनुभयो । 

कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत सपना शर्मा र महिला अभियान्ता हिरा रसाइलीले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते