२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा अवैध गर्भबाट जन्मेको छोरी हत्या अभियोगमा आमा पक्राउ

२०७४, १३ मंसिर बुधबार १३:२७

मङ्सिर १३, नुवाकोट । आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । 

परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्ने क्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीको लागि प्रहरीले अनुसन्धान शुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते