2026-09-28 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको सक्रान्तिबजारमा ऐतिहासिक मदन मेला सुरु

प्रकाश धौलाकोटी/बैशाख २, तेह्रथुम । तेह्रथुम आठराईको सक्रान्तिबजारमा हरेक वर्ष लाग्दै आएको पुर्वान्चलकै पुरानो तथा ऐतिहासिक मदन मेला हिजोबाट सुरु भएको छ ।

मेलाको ईवा–६ निवासी वयोवृद्ध ९९ वर्षीय रत्नबहादुर बाँनियाँले उद्घाटन गर्नुभएको छ । मेलाको उद्घाटनका अवसरमा सन्चालित सक्रान्तिबजारस्थित कर्मचारी र व्यवसायीबीचको मैत्रीपुर्ण खेलमा व्यवसायी विजयी भएका छन् । उद्घाटन कार्यक्रममा ९९ वर्षीय वृद्ध बाँनियाँलाई आयोजकले फुलमाला, अविरजात्रा र खादा ओढाई सम्मान समेत गरेको थियो । मेलामा आज बाट हालसम्मकै सर्वाधिक राशीको मदनमेमोरियल फुटबल, महिला फुटबल र भलिबल लगायत खेलकुद कार्यक्रमहरु सुरु हुने मेला समितिका अध्यक्ष कुलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

एक सातासम्म चल्ने मेलाको दोस्रो दिन आज विहान ८ बजेबाट विभिन्न खेलकुदका कार्यक्रम सन्चालन हुने उहाँले बताउनुभयो । यसवर्ष पुर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, ईलाम, झापा र मोरङका गरी मदन ममोरियल फुटबलतर्फ १५, महिला फुटबलतर्फ ६ र भलिबलमा ४ वटा टिम सहभागी भएका छन् ।
मेलामा आयोजित फुटबलका विजेताले नगद ८१ र उपविजेताले ४४ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

२०१५ सालबाट लाग्दै आएको पुर्वाञ्चलकै पुरानो मदन मेला तेह्रथुम जिल्लाकै पहिचान र यहाँका पर्यटकीय पुर्वाधारहरुको विकास एवम् प्रचार प्रसारमा सहयोग पुर्याउने लक्ष्यले लाग्दै आएको छ । रानी जगदम्बाले स्वर्गीय श्रीमान् मदन शमशेरको नाममा अक्षयकोष स्थापना गरी मेला सुरु गरिदिएपछि निरन्तर लाग्दै आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह