दिक्तेल बजारमा गाडी पार्किङ गर्न नपाईने, तीनदिन भित्र टिकट काउण्टर हटाउन निर्देशन

Posted on: 30 Nov, 2017

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । खोटाङको दिक्तेल बजारमा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका बस तथा मालबाहक सवारी साधनलाई बसपार्क तथा जिपलाई हाटडाडाँमा पार्किङ गर्न निर्देशन दिईएको छ । 

गत बुधवार बसेको सरोकारवालाको वैठकको निर्णयानुसार नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित बनाउन सम्बन्धित स्थानमा बस पार्किङ गर्न र अनाधिकृत रुपमा सञ्चालन भईरहेको टिकट काउण्टर तीन दिनमा हटाउन नगरपालिकाले सुचना मार्फत निर्देशन जारी गरेको हो । 

मालबहाक ट्रक, यात्रुबहाक बसले सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा पार्किङ गर्नुपर्नेछ छ । साना जिप पार्किङका लागि हाटडाडाँमा जानुपर्छ नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताउनुभयो । बजारका दायाँवायाँमा राखिएका निर्माण तथा व्यापारिक सामग्रीलाई समेत तत्काल हटाउन लगाईएको छ ।

 कार्यकारी अधिकृत राईका अनुसार ‘बजारमा टिकट काउण्टर सञ्चालन गर्नु परेमा नगरपालिकाको कार्यालयबाट दर्ता/अनुमती लिएर मात्र सञ्चालन गर्न पाईन्छ ।’ उनले भने, “कसैले बेवास्ता गरि नियम उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । तीन दिनमा नहटाए प्रहरी लगाएर हटाईने छ ।” 

बजारका दायाँवायाँमा यातायात व्यवसायीले सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा साना सडकमा दुर्घट्ना हुने सम्भावना बढेको छ । बर्षातका समयमा बसपार्कसम्म गाडीहरु जान नसक्दा यातायात व्यवसायीहरुले बजारमा पार्किङ गर्दै यात्रुहरु चढाउने, ओराल्ने गर्दै आएका छन् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!