प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी "/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भोट हाल्नुस् प्रचार नगर्नुस्

१५ मंसिर २०७४, शुक्रबार १२:३२

प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । 


नेपाल प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दिया शाखाको समन्वयमा गुलरियामा आज आयोजना गरिएको मिडिया सम्बाद कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य खिलबहादुर भण्डारीले जिल्लास्थित विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहलाई यस्तो जानकारी गराउनुभएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भण्डारीले बर्दिया जिल्लामा विगतका दिनहरुमा कुनै पनि पत्रकारहरुबाट आचासंहिता उल्लङ्घन भएको घटनाबारे उजुरी नपरेकोमा खुशी व्यक्त गर्नुहुँदै पत्रकार आफै नेता बन्ने निर्वाचनका नतिजाहरुको पूर्वआँकलन गर्ने जस्ता कार्यहरु कुनै पनि हालतमा गर्न नहुने बताउनुभयो । वहाँले अझै पनि कोही पत्रकारहरु स्थानीय निकायमा नेतृत्व गर्दै वडाअध्यक्ष तथा अन्य कुनै पदमा रहेमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । समाचार लेखेकै भरमा अहिलेसम्म कुनै पनि पत्रकारमाथि अप्ठेरो नपरेको बताउनुहुँदै वहाँले पत्रकारीता गरेजस्तो गर्दै अन्य अवैध कामहरुमा संलग्न हुँदा यस्ता घटनाहरु यदाकदा घट्ने गरेको अनुभव सुनाउनभयो । पत्रकारहरुबाट सञ्चारमाध्यमको दुरुपयोग नगरी नितान्त समाज र जनताको समुन्नतीका लागि नै काम गरेर सबैको प्रशंसाको पात्र बन्न कलम चलाउन सल्लाह दिनुभयो । 

 कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिल नेपालका अधिकृत राधेश्याम अधिकारीले मिडिया विकास कोषमार्फत पत्रकारहरुलाई दिइने सेवासुविधाहरुका बारेमा जानकारी गराउनुभएको थियो भने नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सम्पूर्ण पत्रकारहरुलाई निर्वाचन सफल पार्नका लगि निर्वाचनको विशेष आचारसंहिताको पालना गर्दैै अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो । 

संवाद कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रेस पास, लोक कल्याणकारी विज्ञापन तथा अन्य सेवासुविधाहरुका बारेमा जिज्ञासा राखेका  थिए । 

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सञ्चालित मिडिया संवाद कार्यक्रममा स्वागत उपाध्यक्ष यादव आचार्यले गर्नुभएको थियो भने सहजीकरण सचिव भावुक योगीले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण