प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी "/>

2026-09-15 01:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

भोट हाल्नुस् प्रचार नगर्नुस्

प्रभात सुवेदी । मंसिर १५,बर्दिया ।

आफ्नो मताधिकारलाई ढुक्कसँग प्रयोग गर्न तर प्रचारप्रसार तथा कुनै पनि दलकै नेता नबनीकन स्वतन्त्र रुपमा आचारसंसहिताभित्र रहेर समाचारहरु लेख्न र सम्प्रेषण गर्न आम सञ्चारकर्मीहरुलाई जानकारी गराइएको छ । 


नेपाल प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ बर्दिया शाखाको समन्वयमा गुलरियामा आज आयोजना गरिएको मिडिया सम्बाद कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य खिलबहादुर भण्डारीले जिल्लास्थित विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहलाई यस्तो जानकारी गराउनुभएको हो ।

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भण्डारीले बर्दिया जिल्लामा विगतका दिनहरुमा कुनै पनि पत्रकारहरुबाट आचासंहिता उल्लङ्घन भएको घटनाबारे उजुरी नपरेकोमा खुशी व्यक्त गर्नुहुँदै पत्रकार आफै नेता बन्ने निर्वाचनका नतिजाहरुको पूर्वआँकलन गर्ने जस्ता कार्यहरु कुनै पनि हालतमा गर्न नहुने बताउनुभयो । वहाँले अझै पनि कोही पत्रकारहरु स्थानीय निकायमा नेतृत्व गर्दै वडाअध्यक्ष तथा अन्य कुनै पदमा रहेमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । समाचार लेखेकै भरमा अहिलेसम्म कुनै पनि पत्रकारमाथि अप्ठेरो नपरेको बताउनुहुँदै वहाँले पत्रकारीता गरेजस्तो गर्दै अन्य अवैध कामहरुमा संलग्न हुँदा यस्ता घटनाहरु यदाकदा घट्ने गरेको अनुभव सुनाउनभयो । पत्रकारहरुबाट सञ्चारमाध्यमको दुरुपयोग नगरी नितान्त समाज र जनताको समुन्नतीका लागि नै काम गरेर सबैको प्रशंसाको पात्र बन्न कलम चलाउन सल्लाह दिनुभयो । 

 कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिल नेपालका अधिकृत राधेश्याम अधिकारीले मिडिया विकास कोषमार्फत पत्रकारहरुलाई दिइने सेवासुविधाहरुका बारेमा जानकारी गराउनुभएको थियो भने नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सम्पूर्ण पत्रकारहरुलाई निर्वाचन सफल पार्नका लगि निर्वाचनको विशेष आचारसंहिताको पालना गर्दैै अहम् भूमिका खेल्नुपर्ने बताउनुभयो । 

संवाद कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रेस पास, लोक कल्याणकारी विज्ञापन तथा अन्य सेवासुविधाहरुका बारेमा जिज्ञासा राखेका  थिए । 

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सञ्चालित मिडिया संवाद कार्यक्रममा स्वागत उपाध्यक्ष यादव आचार्यले गर्नुभएको थियो भने सहजीकरण सचिव भावुक योगीले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ