१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा निर्माण सम्पन्न भएको चार वर्षपछि लोकसेवा आयोगको भवन उद्घाटन

१५ मंसिर २०७४, शुक्रबार १५:३८

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन विधिवत रुपमा उद्घाटन गरिएको छ ।

सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको आयोगको नयाँ भवन निर्माण सम्पन्न भएको ४ वर्षपछि लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले  शुक्रवार उद्घाटन गर्नु भएको हो ।

सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । 

२ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन समय अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटनमा ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’


सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो ।

कार्यक्रममा लोकसेवा आयोगका माननिय सदस्य बृन्दा हाडा, सचिव महेन्द्र प्रसाद गुरागाई, सह,सचिव लक्ष्मी विलास कोईराला, उपसचिव केशब शर्मा लगायतले भवन निर्माण भएकोमा सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण