२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा निर्माण सम्पन्न भएको चार वर्षपछि लोकसेवा आयोगको भवन उद्घाटन

२०७४, १५ मंसिर शुक्रबार १५:३८

चिसाङ शेर्पा/मंसिर १५, खोटाङ । लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालयको नवनिर्मित भवन विधिवत रुपमा उद्घाटन गरिएको छ ।

सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको आयोगको नयाँ भवन निर्माण सम्पन्न भएको ४ वर्षपछि लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले  शुक्रवार उद्घाटन गर्नु भएको हो ।

सगरमाथा अञ्चलभित्र कर्मचारी पदपुर्ती गर्नका लागि २०२४ सालमा स्थापना भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय आफ्नै भवन नहुंदा ४६ वर्ष भाडामा बस्दै आएको थियो । 

२ करोड ६३ लाख ६६ हजार ९५२ रुपैयाँमा निर्माण सम्पन्न भवन समय अनुकुलता र प्राविधिक कारणले औपचारिक उद्घाटनमा ढिलाई भएको लोकसेवा आयोग सगरमाथा अञ्चल कार्यालय निर्देशक सुर्य कोईरालाले बताए । उनले भने, ‘भवन अभावमा यस अघि सानातिना परिक्षासमेत विद्धालयहरुमा गराउदै आएको आयोगले अब, आफ्नै भवनमा गराउँने छ ।’


सगरमाथा अञ्चल आयोगले २०४५ साल असार ३० गते दिक्तेलका राम कुमारी सैंजु, तुलसीराम आचार्य र मनराज आचार्यको ६ रोपनी १ दाम जग्गा खरिद गरी २०६७ सालदेखी कागजी प्रक्रियासंगै भवन बनाउन थालेको थियो । २०७० असार ११ गते दिवा निर्माण सेवा प्रालि सातदोबाटो नामक निर्माण कम्पनीबाट आयोगले भवन जिम्मा लिएर कामकाज गर्दै आईरहेको थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा आयोगका अध्यक्ष मैनालीले निर्मित भौतिक पुर्बाधारले आयोगका कर्मचारीलाई साना परिक्षा, ल्याब परिक्षाजस्ता काम गर्न सहज बनाउने र जिल्लामा निर्मित भवन लोकसेवा आयोगको मुल्यमान्यताको प्रतिकको रुपमा रहने बताउनुभयो ।

कार्यक्रममा लोकसेवा आयोगका माननिय सदस्य बृन्दा हाडा, सचिव महेन्द्र प्रसाद गुरागाई, सह,सचिव लक्ष्मी विलास कोईराला, उपसचिव केशब शर्मा लगायतले भवन निर्माण भएकोमा सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित