चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका "/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चितुवा आतंक बढ्न थालेपछि स्थानिय त्रसित

२०७४, १७ मंसिर आईतवार ०८:३२

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका पाँचवटा खसी वाख्रा चितुवाले खाएपछि त्यस भेगका स्थानिय आतंकित बनेका हुन् । जंगलमा चराउन लगिएका खसी वाख्रा एकै दिन पालैपालो गरेर मारेको उनको भनाई छ ।

स्थानीय रत्न बहादुर राई र मान बहादुर रोईलाको पनि खसी वाख्रा मारेको स्थानीयको भनाई छ । वाख्राको खोर भत्काएर राईको सात वटा खशीबाख्रा मारेको जनाईएको छ । चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठुलो आवाज गरेर कराउँने तथा खोर भत्काएर दैनिक खशीवाख्रा मार्ने गरेका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

पन्चकन्या प्राथामिक बिद्यालयका शिक्षक गजाधर आचार्यले भने, ‘म साँझमा जंगलको बाटो हुँदै घर आउँनेक्रममा बाटोमाथी वसेको चितुवाले आक्रमण गर्ने प्रयास गर्यो, धन्न जोगिएर घर आईपुगे ।’ चितुवाले एक्लै अवस्थामा मानिसलाई भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाई छ । 

स्थानीयका अनुसार पाटैपाटा परेको ठुलो खालको चितुवा देखिएको छ । दुईटा चितुवा रहेको र संगै हिडने तथा विहान घाम झुल्कीनसाथ जंगलका डाँडामा संगै जुद्दै घाम ताप्न निस्कने गरेको जनाईएको छ । चितुवाले त्यस क्षेत्रका मृग सखाप बनाएको स्थानीय बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित