चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका "/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चितुवा आतंक बढ्न थालेपछि स्थानिय त्रसित

१७ मंसिर २०७४, आईतवार ०८:३२

चिसाङ शेर्पा | मंसीर १७, खोटाङ | चितुवाले स्थानीयका खशी वाख्रा दैनिक खान थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।  जिल्लाको डम्बर्खुशविालय–४ का स्थानीय केदार रोईलाका पाँचवटा खसी वाख्रा चितुवाले खाएपछि त्यस भेगका स्थानिय आतंकित बनेका हुन् । जंगलमा चराउन लगिएका खसी वाख्रा एकै दिन पालैपालो गरेर मारेको उनको भनाई छ ।

स्थानीय रत्न बहादुर राई र मान बहादुर रोईलाको पनि खसी वाख्रा मारेको स्थानीयको भनाई छ । वाख्राको खोर भत्काएर राईको सात वटा खशीबाख्रा मारेको जनाईएको छ । चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठुलो आवाज गरेर कराउँने तथा खोर भत्काएर दैनिक खशीवाख्रा मार्ने गरेका कारण त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

पन्चकन्या प्राथामिक बिद्यालयका शिक्षक गजाधर आचार्यले भने, ‘म साँझमा जंगलको बाटो हुँदै घर आउँनेक्रममा बाटोमाथी वसेको चितुवाले आक्रमण गर्ने प्रयास गर्यो, धन्न जोगिएर घर आईपुगे ।’ चितुवाले एक्लै अवस्थामा मानिसलाई भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाई छ । 

स्थानीयका अनुसार पाटैपाटा परेको ठुलो खालको चितुवा देखिएको छ । दुईटा चितुवा रहेको र संगै हिडने तथा विहान घाम झुल्कीनसाथ जंगलका डाँडामा संगै जुद्दै घाम ताप्न निस्कने गरेको जनाईएको छ । चितुवाले त्यस क्षेत्रका मृग सखाप बनाएको स्थानीय बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की