Skip to content
Friday, July 17, 2026 Nepali Online Media

धनगढीमा फेला परेको बम निष्क्रिय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १८, धनगढी (रासस) | धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ ।

प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम प्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । यस घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सो ठाउँमा अज्ञात समूहले बम राखेको हो । प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल पुग्नु भएको थियो ।