2026-07-26 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सुरक्षा प्रभावकारी बनाउन निर्देशन

मङ्सिर १९, दाङ । सुरक्षा निकायका प्रमुखहरुले मंसिर २१ गते हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन दाङका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सोमबार दाङमा आउनुभई जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । 

निर्वाचन बिथोल्ने आपराधिक गतिबिधि जारी रहँदा सुरक्षा निकायका प्रमुख आएर सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको छ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपकुमार रेग्मीसहित सुरक्षा निकायका प्रमुखले दाङको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो । 

केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवा दाङ आएको बेला भएको वम विष्फोट र उम्मेदवारलाई लक्षित गरी भइरहेका बम विष्फोटका घटनाका बारेमा बुझ्दै सुरक्षा निकायका प्रमुखले आवश्यक सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभएको थियो । 

नेपाल प्रहरीका प्रमुख अर्यालले आम मतदाता र उम्मेदवारको पूर्ण सुरक्षाको जिम्मा लिँदै अपराधमा संलग्न कुनै पनि समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । 

चुनावलाई भयरहित, स्वतन्त्र, सुरक्षित र मर्यादित बनाउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै मतदाता, उम्मेदवार र चुनाव सामग्रीको सुरक्षामा जिम्मेवार बन्नसमेत सुझाव दिनुभएको थियो । जिल्लामा चुनावलाई सुरक्षित बनाउन चार हजार एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ