१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पाँचजना महिला स्वयम्सेविका सम्मानित

१९ मंसिर २०७४, मंगलवार ०९:४४

चिसाङ शेर्पा/मंसिर १९, खोटाङ । १४औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा खोटाङमा उत्कृष्ट ५ महिला स्वयम्सेविका सम्मानित भएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलभित्रका एकदेखी पाँच वडाका महिला स्वयम्सेविकाहरु सम्मानित भएका हुन् । “महिला स्वास्थ्य स्वयम्सेविकाको निस्वार्थ: स्वास्थ्य र संमृद्धि” भन्ने मुल नाराका साथमा मंगलवार जिल्ला अस्पताल, नगरपालिका तथा ओन हर्टको आयोजनामा जिल्ला अस्पतालको तालिमहलमा भएको कार्यक्रममा नगरपालिका वडा नं. १ का मेनुका आचार्य, २ का चन्द्रकला राई, ३ का शोभा खत्री, ४ का ढाका कुमारी राई र वडा नं. ५ का दुर्गा राई सम्मानित भएका हुन् । 


सम्मानित स्वयम्सेविकालाई रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसी र नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईले कदरपत्र र नगदसहित सम्मान तथा बधाई दिनुभएको थियो ।  

नियमित वडा रजिष्टार गरेका, महिला स्वयमसेविकाद्धारा घरमा वोर्ड राखे/नराखेका, नियमित बैठकमा उपस्थिती रहे/नरहेका, समुदायमा गाउँघर क्लिीनिक तथा खोप क्लिीनिकको जानकारी गराए/नगराएको, ५ वर्षमुनीका वालवालिकामा हुने निमोनिया र झाडापखाला रोगको उपचारमा संलग्न रहे/नरहेको, परिवार नियोजन साधनको वितरण तथा अनुगमन, राष्ट्रिय कार्यक्रममा सहभागी जनाए/नजनाएका, स्वास्थय संस्थामा सुत्केरी गराउँन प्रोत्साहन गराए/नगराएका र कुपोषित बच्चाको पहिचान गर्न सहयोग गरेका÷नगरेका आधारमा उनीहरु सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण