३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा प्रहरीले गर्यो अफिम नष्ट

२८ चैत्र २०७२, आईतवार २०:३५

गणेश सिर्पाली/चैत्र–२९, रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमले ४ विगाह क्षत्रफलमा लगाईएको अवैध लागु औषध अफिम खेती नष्ट गरेको छ ।

जिल्लाको आठविसकोटमा गाविसमा लगाईएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आएको जानकारीका आधारमा आठविसकोट ८ र ९ मा गरी करिब ४ विगाह क्षेत्रफलमा लगाईएको अफिम फडानी गरिएको हो ।

बिशेष सुराकीको आधारमा मिति यहि चैत्र १२ र २७ गते प्रहरी निरिक्षक जिवन निरौलाको कमाण्डमा खटिएको १३ जना प्रहरीको टोलीले अफिम फडानी गरेको हो । अफिम खेती गर्नेहरुको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्लालाई लागू औषध उत्पादन, ओसार पसार तथा सेवन मुक्त जिल्ला बनाउने भन्दै प्रहरीले गत वर्षपनि अफिम खेती नष्टको अभियान संचालन गरेको थियो ।

जिल्लाका अरु ठाउँमा पनि अफिम लगाईएको हुन सक्ने भन्दै पहिचान गर्ने तथा नष्ट गर्ने अभियान जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’