२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चुनावी सरगर्मी बढिरहेका बेला फरक क्षमता भएकाले के गरे यस्तो ?

२२ मंसिर २०७४, शुक्रबार ०२:५६

दलसिंह गिरी/मंसिर २२, कालिकोट । यो फोटोमा झट्ट हेर्दा पुरै सुरक्षाका विच हुइलचियरमा रहेका मानिसहरु मैदानमा उत्रीए र केही गरिरहे जस्तो जस्तो देखिन्छ । 

यो कुनै सुरक्षाका विच हैन कालिकोटमा यहि १० गते मतदान भएका प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र सहितका मतपेटिका राखिएको क्षेत्र वा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत नजिक सुरक्षार्थ रहेका सुरक्षा कर्मी साथै खुल्ला मञ्चमा रहेका म्यादी प्रहरी अन्य अन्य सर्बसाधारण दर्शकहरु हुन् । यस खुल्ला मञ्चमा फरक क्षेमता (अपाङ्गता) भएका व्यक्तिहरुको खेलकुद प्रतियोगिता विहीबारदेखि मान्ममा शुरु भएको छ । 

शारीरिक रुपमा अपाङ्गता हुदैँमा कोही असक्षम नहुने सन्देश दिन खेलकुदको आयोजना गरिएको हो । ‘परिर्वतन सम्भव छ’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि जनचेतना तथा खेलकुद प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।


खेलकूद प्रतियोगितको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । खेलकूद प्रतियोगीता उद्घाटन गर्दै विना विभागीय मन्त्री शाहीले अपाङ्गता भएका व्यक्तिहरुका लागि अवसरको खाँचो रहेको औल्याए । उनले शारिरिक रुपमा अपाङ्गता भए पनि त्यस्ता व्यक्तिहरुमा अपार सम्भावना लुकेको हुन सक्ने भएकाले उनीहरुलाई प्रेरणा र हौसला आवश्यक हुने बताए ।

कालीकोटमा यस्तो प्रतियोगिताले यहाँका फरक क्षमता भएका व्यक्तिहरुका लागि थप उर्जा मिल्ने उनले विश्वास गरे । खेलकूदको बिकासका लागि प्रयाप्त अवसर नभएको कालीकोटमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतियोगिताले कालीकोट चिनाउन मद्यत गरेको बताए । उनले आफुले उक्त प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

विहीबार र शुक्रबार हुने कार्यक्रममा जाउलाखेल काठमाडौं, पोखरा खेलकुद टिम, नेपालगन्ज खेलकुद टिमको सहभागि रहने छ । सरकारलाई अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको आयोजक कर्णाली स्पोर्ट क्लवका अध्यक्ष कमलबहादुर शाहीले बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यका प्रत्येक ठाउँमा अपाङ्गमैत्री वातावरण सिर्जना होस भन्ने अपेक्षा गरिएको छ।’ उनले भने, ‘त्यही सन्देश प्रवाह गर्न खेलकुदको आयोजना गरिएको हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य