२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चुनावी सरगर्मी बढिरहेका बेला फरक क्षमता भएकाले के गरे यस्तो ?

२०७४, २२ मंसिर शुक्रबार ०२:५६

दलसिंह गिरी/मंसिर २२, कालिकोट । यो फोटोमा झट्ट हेर्दा पुरै सुरक्षाका विच हुइलचियरमा रहेका मानिसहरु मैदानमा उत्रीए र केही गरिरहे जस्तो जस्तो देखिन्छ । 

यो कुनै सुरक्षाका विच हैन कालिकोटमा यहि १० गते मतदान भएका प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र सहितका मतपेटिका राखिएको क्षेत्र वा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत नजिक सुरक्षार्थ रहेका सुरक्षा कर्मी साथै खुल्ला मञ्चमा रहेका म्यादी प्रहरी अन्य अन्य सर्बसाधारण दर्शकहरु हुन् । यस खुल्ला मञ्चमा फरक क्षेमता (अपाङ्गता) भएका व्यक्तिहरुको खेलकुद प्रतियोगिता विहीबारदेखि मान्ममा शुरु भएको छ । 

शारीरिक रुपमा अपाङ्गता हुदैँमा कोही असक्षम नहुने सन्देश दिन खेलकुदको आयोजना गरिएको हो । ‘परिर्वतन सम्भव छ’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि जनचेतना तथा खेलकुद प्रतियोगिता कार्यक्रम सुरु भएको छ ।


खेलकूद प्रतियोगितको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । खेलकूद प्रतियोगीता उद्घाटन गर्दै विना विभागीय मन्त्री शाहीले अपाङ्गता भएका व्यक्तिहरुका लागि अवसरको खाँचो रहेको औल्याए । उनले शारिरिक रुपमा अपाङ्गता भए पनि त्यस्ता व्यक्तिहरुमा अपार सम्भावना लुकेको हुन सक्ने भएकाले उनीहरुलाई प्रेरणा र हौसला आवश्यक हुने बताए ।

कालीकोटमा यस्तो प्रतियोगिताले यहाँका फरक क्षमता भएका व्यक्तिहरुका लागि थप उर्जा मिल्ने उनले विश्वास गरे । खेलकूदको बिकासका लागि प्रयाप्त अवसर नभएको कालीकोटमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतियोगिताले कालीकोट चिनाउन मद्यत गरेको बताए । उनले आफुले उक्त प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

विहीबार र शुक्रबार हुने कार्यक्रममा जाउलाखेल काठमाडौं, पोखरा खेलकुद टिम, नेपालगन्ज खेलकुद टिमको सहभागि रहने छ । सरकारलाई अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको आयोजक कर्णाली स्पोर्ट क्लवका अध्यक्ष कमलबहादुर शाहीले बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यका प्रत्येक ठाउँमा अपाङ्गमैत्री वातावरण सिर्जना होस भन्ने अपेक्षा गरिएको छ।’ उनले भने, ‘त्यही सन्देश प्रवाह गर्न खेलकुदको आयोजना गरिएको हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला