Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २२, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नगरपालिका–२ त्रिवेणी मोडमा रा १ त २२७३ नंको ट्र्याक्टर दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१ का १८ वर्षीय ट्र्याक्टर चालक मातृका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

दुर्घटनामा परी सहचालक सोही ठाउँका १५ वर्षीय टीकाराम परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

घाइते परियारको अहिले चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । रासस