१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

२३ मंसिर २०७४, शनिबार १४:४५

मंसिर २३, कालिकोट । जिल्लामा भएको व्याप्त भ्रष्टचारलाई निर्मुलपारी सुशासन कार्यम गर्नका लागि सवै जनप्रतिनिधिहरु एक हुन आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताइएका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तराष्टिूय दिवसका अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जसीप्रसाद पाण्डेले कालीकोट भौगोलिक विकट भएकाले भ्रष्टाचारले जरा गाडेकाले यसलाई उखेल्नका लागि जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताए । भ्रष्टाचारविरुद्धको अन्तराष्टिूय दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा यस्तो बताएका हुन् । 

भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हौ भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ नागरिक समाज कालिकोट आयोजना गरेको ¥यालि सहितको कोण सभामा बोल्दै कर्णाली विकास आयोगका विज्ञ दिपेन्द्र रोकाले आफ्नो मन चोखो र दिल स्वच्छ राखेर काम गरेका कुनै पनि ठाउँमा भ्रष्टाचार नहुने बताए । 


हरेक ठाउँबाट भ्रष्टाचारको गन्ध आउने भएकाले पेचकिलर कस्न सकेमा मात्र भष्टाचारलाई अन्त्य गर्न सकिने उनले औल्याए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले लिनु मात्र भ्रष्टाचार हैन दिनु पनि भ्रष्टाचार भएकाले कसैले पनि घुस लिने र दिने काम नर्गन आग्रह गरे । कसैले घुस मागेमा दिनु भन्दा पनि कानूनी रुपमा जानुपर्ने भएकाले अवदेखि कसैले भ्रष्टाचार नगर्नेमा आफु विस्वस्त भएको बताए । 

शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले भ्रष्टाचारलाई नै अन्त्य गर्नका लागि बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेको जनप्रतिनिधिहरुले अव भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरे, नागरिक समाजका उपसंयोजक लिलाराम न्यौपाने, गैरसरकारी संस्था महासंघका अध्यक्ष वीरेन्द्र बुढा, पत्रकार महासंघका पूर्व अध्यक्ष कालीबहादुर मल्ललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नागरिक समाज कालीकोटका अध्यक्ष दमनराज वमको अध्यक्षतामा भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ