२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराजमा धमाधम शौचालय निर्माण हुँदै

२०७४, २६ मंसिर मंगलवार १३:०१

माधव बेल्वासे/मङ्सिर २६, कपिलवस्तु । शिवराज नगरपालिका वडा न २ हर्रह्वा वस्ने शिवप्रसाद चौधरीको आज भन्दा करिव १ महिना अघि सम्म शौचालय थिएन ।

शौच गर्न खेतवारीमा जाने गर्दथे दिउसोमा दिशा लाग्यो भने चाहि यताउता वाट कसैले देख्छनकी भन्ने अलि डर लाग्ने गरेको वताए । जव स्थानिय तहको चुनाव भयो तव उनको घरमा दैनिकी वडा अध्यक्षको टोली आउने गर्यो ।चुनाव पछि जितेको नेताहरुले दैनिकी आएर शौचालय वनाउ भन्दा उनलाई रिस उठ्ने गर्थ्यो । 

बुवा, हजुरवाहरुले पनि वाहिर शौच गर्ने गरेको र आफुले पनि वाहिर गर्ने भन्दै कयौ दिनसम्म ति व्यक्तिका कुरालाई बेवास्ता गरे ।पछि जव शौचालय निमार्ण नगरे वडा तथा नगरवाट कुनै पनि सिफारिस नपाइने भएपछि उनले हतारिदै शौचालय निमार्णको लागी सल्लाह सुझाव लिन तर्फ लागे ।


शिवराज नगरपालिका वडा २ का वडा अध्यक्ष राम वहादुर चौधरीको सल्लाह पछी उनले शौचालय निमार्ण गरे । शिवप्रसादको घरमा अहिले शौचालय छ ।आफ्नो मानसिकता परिवर्तन गरिदिएकोमा वडा अध्यक्षलाई धन्यवाद समेत दिने गरेका छन ।त्यस्तै सोही वडामा वस्ने सेवक चाईको घरमा पनि शौचालय थिएन ।शौचालय अतिआवश्य रहेको थाहा पाएपछी उनले पनि घर भन्दा राम्रो शौचालय निमार्ण गरेका छन। सेवकले शौचालय फोहोरो हुन्छ भनेर चावी समेत शौचालयमा भुण्डाएका छन । यसरी हेर्दा कपिलवस्तुको शिवराज नगरपालिकामा अहिले धमाधम शौचालय निमार्ण भइरहेका छन ।

नगरपालिकाले गत मंसीर २५ गतेका नगरलाई खुल्ला दिशा मुक्त वनाउने लक्ष्य असफल पछि नगरका वडा अध्यक्षको दवावमा स्थानियहरुले धमाधम शौचालय निमार्ण गरेका छन ।अभियानका क्रममा शिवराज नगरपालिका वडा न १ लाई गत मंसीर ११ गते खुल्ला दिशा मुक्त घोषणा गरिएको थियो । नगरपालिकाले शौचालय नवनाउनेहरुलाई कुनै पनि सिफारीस नगर्ने निर्णय गरेपछि स्थानिहरु अग्रसर भई शौचालय निमार्ण गरेको वताइएको छ ।

कपिलवस्तुको दक्षिणी क्षेत्रमा रहेका वडाहरुमा भने खुल्ला दिशा मुक्त घोषण गर्न चुनौती देखीएको छ ।मधेशी समुदायको वाहुल्यता रहेको ठाउमा चुनौती देखीएको नगर प्रमुख नेत्रराज अधिकारीले वताए ।अधिकारीका अनुसार शिवराज नगपालिका वडा १,९,१० र ११ खुल्ला दिशा मुक्त क्ष्ँेत्र घोषणा भईसकेको वताए ।

वडा ४,६,७,८मा स्थानियहरुको लापरवाहीले गाह्रो भएको अधिकारीको भनाई छ । मंगलवार शिवराज नगरपालिका वडा २ मा अनुगमन गर्दै अधिकारीले शौचालय वनाउनु मात्र ठुलो कुरा नभई त्यसलाई प्रयोग गर्नु ठुलो कुरा रहेको जिकिर गरे ।

शिवराज नगरपालिका वडा न २ मा ८०३ घरधुरी मध्य अहिले ९८ प्रतिशत भन्दा धेरैको घरमा शौचालयमा निमार्ण भइसकेको र केहि घरधुरीमा अन्तिम चरणमा रहेका वडा अध्यक्ष राम वहादुर चौधरीले वताए ।चौधरीका अनुसार पुस २ गते खुल्ला दिशा मुक्त घोषणा गरिने जनाउनुभयो । 

मंगलवार शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,प्रशासकिय अधिकृत शेषकान्त पौडेल,ईलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदिश अर्याल,वास अधिकृत राजेश चौधरी लगाएतको टोलीले अनुगमन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते