२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा दुई जना पत्रकार रिहा

२०७४, २७ मंसिर बुधबार ०३:३७

मंसिर २६, कालीकोट । निर्वाचनको विषयलाई लिएर गिरफ्तार दुई जना पत्रकार रिहा भएका छन । 

रिहा हुनेमा नेपाल पत्रकार महासंघ कालीकोटका कार्य समिति सदस्य तथा जनप्रभात साप्ताहिकका समाचार प्रमुख साथै क्रान्तिकारी पत्रकार संगठनका जिल्ला उपाध्यक्ष जगदिशनाथ योगि र जनप्रभात साप्ताहिकका प्रकाशक काली बहादुर महतारा रिहा हुनु भएको हो । 


काली बहादुर महतारालाई गएको मंसिर एक गते आफ्नै कोठाबाट प्रहरीले गिरफ्तार गरेको थियो भने योगिलाई पत्रिकाको कार्यालयबाट कोठामा जांदै गरेको अवस्थामा सदरमुकाम मान्म बजारबाट मंसिर ४ गते पक्राउ गरेर सार्वजनिक मुद्धामा २४ दिन पछि रिहा हुनु भएको हो । योगि आज रिहा हुनु भएको हो भने महतारा २४ गते रिहा हुनु भएको बताइएको छ । 

दुवै जना पत्रकारहरुलाई बन्दि प्रत्यक्षिकरण मुद्धामा जिल्ला अदालत कालीकोट र सर्वोच्च अदालतमा रिट हालिएको छ । दुवै पत्रकारहरुलाई क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य रुपेन्द्र ऐडीले सम्मान गर्नु भएको हो । 

सम्मान कार्यक्रममा बोल्दै ऐडीले सरकारले पत्रकारहरुलाइै विना कारण गिरफ्तार गरेकोमा आपत्ति जनाउदै लोकतान्त्रिक गणतन्त्रमा मौलिक हक र नागरिकको बाँच्न पाउने अधिकारको गयोरन्टि नभएकाले लडाई जारी राख्नु पर्ने बताउनु भएको छ । 

गिरफ्तार पत्रकारहरुले हिरासतमा रहंदा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ संस्था, स्थानिय निकायका प्रतिनिध, शुभ चिन्तकहरुलाई धन्यवाद दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते