दलसिंह गिरी | मंसिर २७, कालिकोट | सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल कालिकोटमा आएकी एक पहिलाको मृत्यु भएपछि कालिकोट वासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल आएकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | मंसिर २७, कालिकोट | सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल कालिकोटमा आएकी एक पहिलाको मृत्यु भएपछि कालिकोट वासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल आएकी"/>

१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुत्केरी मृत्युको छानविनका लागि कालिकोटमा आन्दोलन

२७ मंसिर २०७४, बुधबार १३:०७

दलसिंह गिरी | मंसिर २७, कालिकोट | सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल कालिकोटमा आएकी एक पहिलाको मृत्यु भएपछि कालिकोट वासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल आएकी खाडाचक्र नगरपालिका वडा नं. १ की चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भै मृत्यु हुदा जिल्ला अस्पतालका चिकित्सकहरुको लापर्वाहिका कारण मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । 

सहजता मै प्रसुती हुन नसकेपछि जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुको संलग्नतामा शाहीको अप्रेशन गरी बच्चा सकुसल निकालिएपनि अप्रेसन पश्चात रक्तश्राव नरोकिएपछि हेलिकोप्टर मार्फत काठ्माण्डौ उपचार गर्न लैजादै गर्दा विचैमा ज्यान गएको थियो ।


जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुको लापर्बाहीका कारण मृत्यु भएको भन्दै कालिकोट वासीहरुले अप्रेसनमा संलग्न चिकित्सकहरु माथि कारर्वाहिको माग राखी जिल्ला प्रशासनमा धर्ना सहित आन्दोलनमा उत्रिएका छन् । 

आक्रामक तरिकाले आन्दोलनमा उत्रीएका आफन्तहरु नाराबाजी सहित प्रशासन परिषरभित्र छिर्न खोज्दा प्रहरीले रोक्न खोजे पछि आन्दोलन र प्रहरी विच सामान्य झडप समेत भएको छ । 

कालिकोटका महिला अधिकार कर्मीहरुको समुहले चन्दा हत्याको छानविन गरीपाउ भन्दै ५ बुदे ज्ञापन–प्रत्र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई बुझाएका छन् । 

ज्ञापन–पत्र बुझे लगतै प्रमुख जिल्ला अधिकारी गैरेको संयोजकत्वमा सर्ब पक्षीय बैठक बसी ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ ।  


बैठकमा मृतक शाहीको मृत्युको कारण, उचारमा प्रयोग गरिएको औषधी स्वास्थ्य सामाग्री, प्रयोग,   लगायतका विषयमा छनविन गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भएको छ । 

मृतकका छोरा छोरीलाई राहत र क्षेतिपूर्ति र अवका दिनमा यस्ता खालका घटना दोहोरिन नदिन जिल्ला अस्पतालमा भौतिक तथा आवश्यक समागी र दक्ष जनशक्ति ब्यवस्थापन गर्न जस्ता विभिन्न विषयमा छलफल भएको छ । 

यता हेलिकोप्टर मार्फत काठमाण्डौ लिएकी मृतक शाहीको मंगलबार काठमाण्डौको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ