प्रभात सुवेदी । मंसिर २७, बर्दिया ।

चन्द्रोदय प्राथमिक विद्यालय राजापुर १०, खैरीचन्दनपुर खैरीमा कक्षा ५ मा अध्ययन गर्ने लक्की वि.क. आज अचानक यति खुशी भए कि, उनको खुशी मापन गर्न कुनै पनि वैज्ञानिक उपकरणहरु उनको खुशीको अगाडि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर २७, बर्दिया ।

चन्द्रोदय प्राथमिक विद्यालय राजापुर १०, खैरीचन्दनपुर खैरीमा कक्षा ५ मा अध्ययन गर्ने लक्की वि.क. आज अचानक यति खुशी भए कि, उनको खुशी मापन गर्न कुनै पनि वैज्ञानिक उपकरणहरु उनको खुशीको अगाडि"/>

2026-09-15 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साँच्चै लक्की रहेछन् लक्की वि.क. !

प्रभात सुवेदी । मंसिर २७, बर्दिया ।

चन्द्रोदय प्राथमिक विद्यालय राजापुर १०, खैरीचन्दनपुर खैरीमा कक्षा ५ मा अध्ययन गर्ने लक्की वि.क. आज अचानक यति खुशी भए कि, उनको खुशी मापन गर्न कुनै पनि वैज्ञानिक उपकरणहरु उनको खुशीको अगाडि फेल खान्थे । 


कुरा के भने उनले सधैं विद्यालयमा खाने गरेको खाजाकै नाम र सोसँग जोडिएको कार्यक्रम अन्तर्गत उनकै विद्यालयमा आज भव्य पोषण तथा खाद्य मेलाको आयोजना गरिएको थियो । उनले मेलामा कविता सुनाए पुरस्कृत पनि भए अनि सधैं भन्दा फरक तरीकाले छिमेकी विद्यालयका अरु साथीहरुसँगै बसेर मिठा, ताजा र घरमै तयार गरिने जस्तै गरी विद्यालयमा नै तयार गरिएका परिकार खाए । 


लक्की वि.क. जस्तै आज विश्व खाद्य कार्यक्रम, जिल्ला शिक्षा कार्यालय र मिलन कृषक बहुमुखी सहकारी संस्था लिमिटेडको आयोजना तथा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको सहकार्यमा आयोजित खाद्य तथा पोषण मेलामा आज करिब ४ सयको हाराहारीमा बालबालिकाहरु रमाए अनि एक आपसमा पोषण तथा खाद्य बस्तुका बारेमा मेलामा राखिएका स्टलहरुबाट भरपुर जानकारी लिए । 

मेलामा दर्जन जति स्टलहरु राखिएका थियो भने खाद्य परिकार, कृषि उपजहरुका साथै विभिन्न सिकाइ सामग्रीहरु समेत स्टलमा राखिएका थिए । 


मेलामा आयोजित औपचारिक कार्यक्रममा आतिथ्य विद्यालय चन्द्रोदय प्रा.वि., जनजागृति प्रा.वि. कर्मोहनी, गेरुवा प्रा.वि. मझराबाट सहभागी भएका बालबालिकाहरुका लागि नृत्य प्रतियोगिता, कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, पाक प्रतियोगिताका साथै पोषणको ज्ञान दिने लुडो खेल समेत खेलाइएको थियो । भने स्थानीय निजी विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो । 

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले उपस्थित विद्यार्थीहरुसँग अन्तक्र्रियात्मक शैलीमा खाद्य तथा पोषणको महत्वका बारेमा प्रष्याउनुभएको थियो भने आयोजक विश्व खाद्य कार्यक्रम आतिथ्य विद्यालय र सहभागी विद्यालयहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।  

मेलामा कृषि प्रसार अधिकृत शिवराज सुवेदी, जनस्वास्थ्य कार्यालयका मोहन शर्मा लगायतको उपस्थिति रहेको थियो 

मेलामा आयेजित विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, सान्त्वना तथा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 

पोषण तथा खाद्य मेलामा राजापुर स्रोत केन्द्रका स्रोत व्यक्ति शुसिला डि.सी. तथा गेरुवा स्रोत केन्द्रका स्रोत व्यक्ति डिल बहादुर जि.सी. ले खाद्य तथा पोषण मेलकाका माध्यबाट विद्यार्थी तथा अभिभावकहरुमा पोषण तथा खाजाको महत्वका बारेमा जानकारी दिँदै यस प्रकारका कार्यक्रमहरुबा विद्यार्थीहरुमा विद्यालयमा घरमा नै तयार गरिएका खाजाहरु लिएर जान प्रेरित गर्ने बताउनुहुँदै तल्लो तहका बालबालिकाहरुका लागि मात्रै नभएर अबका दिनमा माथिल्ला कक्षाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुमा यस्तो बानकिो विकास गराउन सकिएमा पक्कै पनि स्वस्थ र शिक्षित समाजको निर्माण गर्न टेवा पुग्ने कुरामा जोड दिनुभएको थियो । जनजागृति प्रा.वि. कर्मोहनीका शिक्षक माधव निगमले यस प्रकारका महोत्सवबाट बालबालिका तथा अभिभावकहरुमा सकारात्मक सन्देश संवाहन हुने भएकाेले अत्यन्तै महत्वपूर्ण र उपलब्धीमूलक कार्यक्रम रहेकाे विश्लेषण गर्नुभयाे । 

मेलामा मिलन कृषक बहुमुखी सहकारी संस्थाको तर्फबाट विभिन्न रोचक मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो । खाद्य मेला चन्द्रोदय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष भरत के.सी. को अध्यक्षतामा सम्पन्न गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ