2026-10-18 10:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समृद्ध जीवनका लागि दुई दिने सेमिनार

seminar3प्रकाश धौलाकोटी । ८ बैशाख  तेह्रथुम। तेह्रथुम सदरमुकाम म्याङलुङमा जीवन विज्ञान अन्तर्गत समृद्ध जीवन सम्बन्धी दुई दिने सेमिनार मंगलबार सम्पन्न भएको छ । जिल्ला विकाश समितिको सभाकक्षमा सन्चालित सेमिनारमा जिवनलाई समृद्ध बन्न नदिने बाधाहरु, समृद्धिका उपायहरुका बारेमा सैदान्तिक ज्ञान सहित प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले हरेक मानवका लागि स्वास्थ्य, सम्बन्ध र सम्पत्ति त्रिदेव भएको बताउदै यी तीन चिजको आरधाना गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य, सम्वन्ध र सम्पत्तिको सन्तुलित अवस्था सिर्जना गर्नाले नै जीवन समृद्ध हुने बताउनुभयो । कार्यक्रममा सहभागी जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई जीवन विज्ञान विशेषज्ञ नेपालले योग साधनाको विधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले विकास निर्माणको काम गर्ने जिल्ला विकास समितिले तेह्रथुमको मानव पुँजी निमांण गर्नको लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै जीवन विज्ञानको विषयलाई विद्यालय शिक्षामा समेत जोडेर लान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गाबिस सचिवको तर्फबाट रामप्रसाद भटराई, गैरसरकारी संस्थाको तर्फ देउराली सोसाईटीका अध्यक्ष दिनेशप्रसाद खनाल, कार्यालय प्रमुखहरुको तर्फबाट जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत मनोज कुमार यादव लगायतले समृद्ध जीवन निर्माण गर्न सेमिनार अत्यन्तै फलदायी भएको धारणा राखेका थिए । जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रम जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको प्रमुख आथित्यता तथा स्थानीय बिकास अधिकारी प्रल्हादकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु