२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विद्यालयमा हाजिर गर्न नदिँदा शिक्षकहरु अलपत्र

२८ मंसिर २०७४, बिहीबार १२:०४

मंसिर २८, बझाङ । जिल्ला शिक्षा कार्यालय बझाङबाट शिक्षक नरेन्द्रबहादुर दौल्याललाई दौलीचौर माविमा खटाएको  पाँच महिना भयो । तर दरबन्दी भएको पाँच महिनामा पनि त्यहाँको विद्यालयले पढाउन नदिएपछि दौल्याल अलपत्र परेका हुन ।

 राहात अनुदान कोटाको निमावि तहको अंग्रेजी शिक्षक रहेका दौल्याललाई जिल्ला शिक्षा कार्यालयले साउनको २५ गते दौलीचौरमा पठाएको थियो ।

तर दौलीचौर मावि विद्यालय प्रशासन सहित विद्यालय व्यवस्थापन समितिले रिक्त रहेको विद्यालयको निमावि शिक्षक कोटामा स्थानीय व्यक्ति नै भर्ना गर्न पाउनुपर्ने र जिल्लाबाट पठाएको शिक्षकलाई हाजिर गर्न नदिने भनेपछि दौल्याल अलपत्र परेका हुन ।

‘सुर्मा गाउँपालिको दौलीचौर माविमा पढाउन नदिएपछि शिक्षा कार्यालयले मलाई स्थानीय घोगडा निमाविमा पढाउन  परिपत्र गर्यो’ शिक्षक नरेन्द्रले भन्नुभयो ‘त्यहाँ पनि उनीहरुकै समुहबाट हाजिर गर्न नदिएपछि त्यहाँबाट पनि लखेटिनु पर्यो ।’

दुर्गाथली गाउँपालिका घर भएका शिक्षक नरेन्द्रबहादुर दौल्यालले जिल्ला शिक्षाबाट भएको परिपत्रलाई बेवास्था गर्दै विद्यालय व्यवस्थापन समितिबाट आफ्नो अपमान गरेको गुनासो गरेका छन । 

‘शिक्षक सिकाईमा म अयोग्य भए अर्को शिक्षक माग गर्नु स्वभाविक हो’ उहाँले भन्नुभयोे ‘तर रिक्त रहेको दरबन्दीमा जिल्लाले शिक्षक पठाउँदा पनि काम गर्न नदिनु व्यवस्थापन समितिको दादागिरी हो ।’

स्थानीय तह कार्यान्वयन आएपछि शिक्षाकको तलब गाउँपालिकाबाटै वितरण हुने गरेको छ । नरेन्द्रको तलब पनि सुर्मा गाउँपालिकाको खातामा गएको हुँदा गाउँपालिकाले पनि आफ्नो तलब अहिलेसम्म नदिएको नरेन्द्रले बताउनुभयो ।

 जिल्ला शिक्षा कार्यालयले पठाएका शिक्षकलाई विद्यालयमा हाजिर गर्न नदिने र रिक्त रहेको दरबन्दीमा विद्यालय व्यवस्थापन समितिको आफ्ना मान्छे राख्ने प्रवृतिका कारण समस्या आएको जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले बताए ।

जिल्ला शिक्षा कार्यालयका अनुसार नरेन्द्र जस्तै अन्य तीन जना शिक्षकहरुको पनि उस्तै अवस्था छ । नवादेउ निमावि ग्वानीमा पठाएका शिक्षक बलबहादुर खड्का र तपोवन प्रावि सुनिकोटमा खटाएकी शिक्षिका तुला जोशी पनि शिक्षा कार्यालयले खटाएको विद्यालयमा अध्यापन गर्न जाँदा व्यवस्थापन समितिले हाजिर गर्न नदिएर अलपत्र परेका छन् ।

यसरी जिल्ला शिक्षा कार्यालयले राजनैतिक ब्यावस्थापन मिलाउन नसक्दा  यस्तो भएको त्यहाँका स्थानिय बासी हरुको भनाई रहेको छ । टेकेन्द्र बोहराको सहयोग्मा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा