२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै

२०७४, २९ मंसिर शुक्रबार ०३:२५

मङ्सिर २९, पाल्पा । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ । 

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताउनुभयो । 

उहाँले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताउनुभयो । 

समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताउनुभयो । उहाँले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताउनुभयो । 

लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नेपालको स्वास्थ्य उपचार क्षेत्र महँगो बन्दै गएकाले गरिब तथा विपन्न समुदायका मानिसलाई उपचारमा समस्या हुने भएकाले समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 

चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि 

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ । 

भोलिसम्म चल्ने सम्मेलनमा नेपालभरका २०० भन्दा बढी शल्य चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा शल्य चिकित्सा विधाअन्तर्गत रहेका जनरल सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी र युरोलोजी सेवा आदि विषयमा ३२ वटा आमन्त्रित प्रवचन, ११ वटा अवार्ड पेपर, ३६ वटा प्रिपेपर र १६ वटा पोस्टर डिस्प्ले गरिनेछ । 

त्यस्तैगरी दुईदिने पूर्ण शैक्षिक तथा प्राविधिक विषयगत वर्कसपले नेपालभित्र यस विधामा कार्यरत प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा आवासीय चिकित्सकलाई नयाँ प्रविधि बारेमा जानकारी हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते