१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडल– चिसापानीबाट आठ जना छानिए

२९ मंसिर २०७४, शुक्रबार १३:४६

चिसाङ शेर्पा | मंसिर २९, खोटाङ | जिल्लामा गत मंसिर २ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु भएको बृहत सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजार पुगेको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथमा सञ्चालन भईरहको खोटाङ आईडलको पहिलो अडिसन राउण्डको चौथो अडिसन शुक्रबार चिसापानी बजारमा भएको हो । 

आयोजक परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका तथा सहआयोजक चिसापानी सामुदायिक सिकाई केन्द्र र ब्राईट खोटाङ एकेडेमीको संयुक्त आयोजनामा भएको रियालिटी शोमा १५ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये ८ जना छनौटमा परेका छन् । छनौट हुनेमा कृष्ण राई, डिल्लीराज राई, देवन सुप्तिहाङ राई, दिनेश राई, रुपेश राई, दुर्गाराम राई, शुक्र बहादुर राई र सुजता राई रहेकी छन् । 

हालसम्म जिल्लाभरीको रेर्कड अनुसार सयौंले सहभागिताका लागि आवेदन दिएका छन् । सहभागिताका लागि ५५५ नगदका साथमा एकप्रती फोटोसहित फर्म भर्नुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले जानकारी दिनुभयो ।

यसअघि साकेला गाउँपालिकाको रतन्छा, दिपु्रङ गाउँपालिकाको पञ्चमीबजार, खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा अडिसन सम्पन्न भईसकेको आयोजकले जनाएको छ । जिल्लाको हकमा ठूलो धनराशी भएको रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकल एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ