2026-09-15 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा जनप्रतिनिधिको दादागिरी, स्थानीयको भावनाबिपरित गाउँपालिका केन्द्र र नाम परिवर्तन

मङ्सिर २९, रोल्पा ।स्थानीय सरकार गठनपछि अन्य गाउँपालिका तथा नगरपालिकाहरु आफ्नो क्षेत्रलाई कसरी बिकास गराउने भन्ने बैज्ञानिक योजना तर्जुमामा जुटि रहेका बेला यता सुकिदह गाउँपालिकाका जनप्रतिनिधिहरु भने अझै गाउँपालिको केन्द्र निर्धारण र पुनः नामाकरण गर्ने नाममा फेरि विवाद निम्त्याएका छन ।

गाउँपालिका केन्द्र तोक्ने र नामाकरण गर्ने जस्ता साम्य भएका संबेदनसिल मुद्दाहरूलाई पुन ब्युताएर नागरिकहरु बिच अन्तरबिरोध निम्त्याउने कार्यमा जन प्रतिनिधिहरु मुच्छिएका छन ।

रोल्पा सुकिदहका जनप्रतिनिधिको दादागिरीले स्थानीयको भावनाबिपरित गाउँपालिका केन्द्र र नाम परिवर्तन गर्न खोजिएको आरोप लगाएका छन ।

सुकिदह गाउँपालिको गाउँसभाले गाउँपालिको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । त्यो पनि गाउँपालिका प्रमुख वीर बहादुर केसीले आफ्नी सहिद पत्निको नाममा गाउँपालिकाको नाम फेर्ने एकोहोरो हाकिमी शैली प्रयोग गरेका छन।

गाउँपालिका प्रमुखको एकतन्त्रीय शैलीले धेरैलाइ प्रभाब पारेको स्थानियहरु बताउने गर्छन । उनको दादागिरी शैलीगत समस्यालाई आफ्नै माओबादी केन्द्रका क्याडरहरु समस्याका रुपमा स्वयम स्वीकार गर्छन।

गंगा गाउँपालिका अध्यक्ष बिर बहादुर केसीकी श्रीमती हुन भने देबराज जनमुक्ति सेनामा थिए ।

सुक्रबार सुखाओढारमा बसेको सभाबाट सहिद गंगा वली र देबराज वलीको नामबाट गाउँपालिको नाम गंगादेब राख्ने र केन्द्र सानडाँडा राख्ने निर्णय गरेको ४ नं. वडा अध्यक्ष राम बहादुर वलीले बताए ।

उक्त निर्णय बिरुद आन्दोलन गाउँपालिको नाम र केन्द्र फेर्ने निर्णय गलत भएको भन्दै संर्घष समिति गठन गरिएको छ । जिनाबाङका दिपेन्द्र बहादुर डाँगी संयोजक रहेको समिति गठन गरेको रोशनकुमार वलीले जानकारी दिए ।

समितिले गाउँपालिको निर्णय सच्चाउन ज्ञापन पत्र समेत बुझाएको छ । सुकिदहबासीको जनमतको कदर गदै गलत निर्णय तत्काल सच्चाउनु पर्ने संयोजक डाँगीले बताए । जनताको आवाज बिरुद गए कडा आन्दोलन गर्ने समेत उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ