२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पुसदेखी स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

२९ मंसिर २०७४, शुक्रबार १६:२२

चिसाङ शेर्पा/मंसिर २९, खोटाङ । आगामी पुस दोस्रो हप्तादेखि खोटाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सहयोगमा बीमा कार्यक्रम लागू हुने भएको हो । कैलाली, बाग्लुङ र ईलामबाट थालनी भएको स्वास्थ्य बीमा २२ जिल्लामा सञ्चालन भईरहंदा जिल्लामा पनि लागू  हुने भएको हो । 

जिल्लामा स्वास्थ्य बीमाका लागि तयारी भइसकेको र यसलाई व्यवस्थित गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले बताए । 

स्वास्थ्य बीमा सम्बन्धी शुक्रबार दिक्तेलमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विभागका निर्देशक डाक्टर गुणराज लोहनीले जिल्लास्थित सर्वसाधारण, सामाजिक संघसंस्था, प्रशासन, सुरक्षा लगायतका निकायहरु सहभागी कार्यक्रममा बीमाका दीर्घकालीन फाइदाको बारेमा जानकारी दिए । 

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५०० तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बीमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

२०७१ सालबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म २२ जिल्लामा लागू भइसकेको निर्देशक लोहनीले जानकारी दिए । “सबै नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्नु यो कार्यक्रम लागू गरिएको हो ।” उनले भने, “बीमा गरेपछि खर्च अभावमा अस्पतालसम्म जानबाट वञ्चित हुनुपर्दैन ।”

यसैअवसरमा लामो समयसम्म खोटाङस्थित जिल्ला अस्पतालमा काम गरेर योगदान पु¥याएको भन्दै डाक्टर लोहनीलाई सम्मान गरिएको छ । २०५८ देखि २०६१ सालसम्म जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएर काम गरेका डाक्टर लोहनीलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

यस्तै, खोटाङको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकामा डा. गुणराज लोहनीलाई नागरिक अभिनन्दन गरिएको छ । 

२०५८ साल साउन ६ गतेदेखि २०६१ साल बैसाखसम्म जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रमुखकारुपमा कार्यरत रहेको अवस्थामा डा. लोहनीले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शुक्रबार खोटाङका नागरिकले अभिनन्दन गरेको हो । स्वास्थ्य बीमा कार्यक्रम सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सिलसिलामा पुःन खोटाङ आइपुगेका डा. लोहनीलाई जिल्लाबासीले छुट्टाछुट्टै दुई अभिनन्दन गरेका हुन् । 

डा. लोहनीलाई पुःन शुक्रबार साँझ जिल्लाबासीले दिक्तेलको त्रिबेणीचोकमा सडकमै कार्यक्रम गरेर अभिनन्दन गरेको हो । त्यसअघि स्वास्थ्य बीमा कार्यक्रमको पुर्व तयारीका विषयमा जानकारी दिन जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाबासीकातर्फबाट अभिनन्दन गरिएको थियो । 

गम्भीर प्रकृतिका बिरामीको उपचार र ज्यान बचाउनमा मरिहत्ते गरेर लागेकै बदलामा सडकमै कार्यक्रम गरेर उद्योग बाणिज्य संघ, रेडक्रस र गैससमहासंघले डा. लोहनीलाई जिल्लाबासीकोतर्फबाट नागरिक अभिनन्दन गरेको हो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री र रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले डा. लोहनीलाई खादा ओढाएर नागरिक अभिनन्दनपत्र प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की