२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पुसदेखी स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

२०७४, २९ मंसिर शुक्रबार १६:२२

चिसाङ शेर्पा/मंसिर २९, खोटाङ । आगामी पुस दोस्रो हप्तादेखि खोटाङमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । 

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको सहयोगमा बीमा कार्यक्रम लागू हुने भएको हो । कैलाली, बाग्लुङ र ईलामबाट थालनी भएको स्वास्थ्य बीमा २२ जिल्लामा सञ्चालन भईरहंदा जिल्लामा पनि लागू  हुने भएको हो । 

जिल्लामा स्वास्थ्य बीमाका लागि तयारी भइसकेको र यसलाई व्यवस्थित गर्न सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर रामबहादुर केसीले बताए । 

स्वास्थ्य बीमा सम्बन्धी शुक्रबार दिक्तेलमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विभागका निर्देशक डाक्टर गुणराज लोहनीले जिल्लास्थित सर्वसाधारण, सामाजिक संघसंस्था, प्रशासन, सुरक्षा लगायतका निकायहरु सहभागी कार्यक्रममा बीमाका दीर्घकालीन फाइदाको बारेमा जानकारी दिए । 

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५०० तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बीमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

२०७१ सालबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हालसम्म २२ जिल्लामा लागू भइसकेको निर्देशक लोहनीले जानकारी दिए । “सबै नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्नु यो कार्यक्रम लागू गरिएको हो ।” उनले भने, “बीमा गरेपछि खर्च अभावमा अस्पतालसम्म जानबाट वञ्चित हुनुपर्दैन ।”

यसैअवसरमा लामो समयसम्म खोटाङस्थित जिल्ला अस्पतालमा काम गरेर योगदान पु¥याएको भन्दै डाक्टर लोहनीलाई सम्मान गरिएको छ । २०५८ देखि २०६१ सालसम्म जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएर काम गरेका डाक्टर लोहनीलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

यस्तै, खोटाङको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकामा डा. गुणराज लोहनीलाई नागरिक अभिनन्दन गरिएको छ । 

२०५८ साल साउन ६ गतेदेखि २०६१ साल बैसाखसम्म जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रमुखकारुपमा कार्यरत रहेको अवस्थामा डा. लोहनीले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शुक्रबार खोटाङका नागरिकले अभिनन्दन गरेको हो । स्वास्थ्य बीमा कार्यक्रम सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सिलसिलामा पुःन खोटाङ आइपुगेका डा. लोहनीलाई जिल्लाबासीले छुट्टाछुट्टै दुई अभिनन्दन गरेका हुन् । 

डा. लोहनीलाई पुःन शुक्रबार साँझ जिल्लाबासीले दिक्तेलको त्रिबेणीचोकमा सडकमै कार्यक्रम गरेर अभिनन्दन गरेको हो । त्यसअघि स्वास्थ्य बीमा कार्यक्रमको पुर्व तयारीका विषयमा जानकारी दिन जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति, रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाबासीकातर्फबाट अभिनन्दन गरिएको थियो । 

गम्भीर प्रकृतिका बिरामीको उपचार र ज्यान बचाउनमा मरिहत्ते गरेर लागेकै बदलामा सडकमै कार्यक्रम गरेर उद्योग बाणिज्य संघ, रेडक्रस र गैससमहासंघले डा. लोहनीलाई जिल्लाबासीकोतर्फबाट नागरिक अभिनन्दन गरेको हो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री र रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले डा. लोहनीलाई खादा ओढाएर नागरिक अभिनन्दनपत्र प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित