पढ्न करिब 1 मिनेट लाग्छ

पुस १, पाल्पा । पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।

घाइतेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष नीरबहादुर सारुले बताउनुभयो ।

दुर्घटनापछि ट्र्याक्टर ५० मिटर तल अम्रिसाको झाडीमा खस्न पुगेको हो । घाइते जल्पा मैदानका गाडी मालिक कर्णबहादुर कुवँर, रेवन्त हिस्की, तिलबहादुर गाहा र सुशान्त सारु रहेको वडाध्यक्ष सारुले जानकारी दिनुभयो । रासस