2026-09-14 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा एचआइभी संक्रमित समाजमा खुल्दै

पुस १, पाल्पा । परम्परावादी समाजको घेराभित्र रोगसँग लडेर मनलाई कुण्ठित पार्दै जीवन जिउँदै आइरहेका पाल्पाका एचआइभी संक्रमित बिरामी पछिल्लो समय खुल्न थालेका छन् । 

सधैँ समाजको डर र लाजले रोगदेखि भित्रभित्रै लड्दै आइरहेका एचआइभी संक्रमित बिरामी खुलेरै समाजमा जीवनयापन गर्नुका साथै आफ्नो जीवनको आयुलाई बढाउँदै छन् । 

जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये हाल ४१ जना बिरामी समाजमा खुलैर हिँड्ने गरेका छन् । एचआइभी संक्रमित बिरामीमध्ये ८७ प्रतिशतले नियमित एआरटी सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको एक मात्र मिसन अस्पतालबाट संक्रमित बिरामीका लागि निःशुल्करुपमा एआरटी सेवा प्रदान गरिँदै आएको छ । 

अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा बिस्तारै खुल्न थालेको उहाँले बताउनुभयो । 

जिल्लाका एचआइभी संक्रमित अहिले प्रतिबद्ध सहयोग समूह गठन गरेर गाउँगाउँमा जनचेतना फैलाउँदै आइरहेको समूहकी अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । उहाँ एचआइभी संक्रमित भएको अहिले २२ वर्ष भइसक्यो । नियमित औषधि सेवन गरेका कारण अरुसरह नै समाजमा जीवन जिउँदै आएको कुँवरको भनाइ छ । 

“एचआइभी संक्रमित आफूमा छ भनेर आत्तिहाल्नु पर्दैन, नियमित औषधि सेवन गरियो भने लामो समयसम्म अन्य व्यक्तिसरह नै बाँच्न सकिन्छ”– उहाँले भन्नुभयो । उहाँ आफू पनि समाजमा खुल्नुभयो र अरु संक्रमित बिरामीलाई पनि समाजको संकुचित घेराबाट बाहिर ल्याउने प्रयत्नमा जुट्नुभएको छ । 

व्यक्तिलाई राम्रो र नराम्रो दर्जा दिने भनेको हाम्रो अन्धविश्वास र रुढीवादी समाज हो । अन्धविश्वास र रुढीवादी समाजको घेराबाट बाहिरी संसारमा खुलेआम निस्किएर सबैसँग हातेमालो र सहकार्य गरेर एचआइभी संक्रमितलाई अगाडि बढ्न जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ठूलो सघाउ पु¥याएको छ । एचआइभी संक्रमितलाई दीर्घ जीवन बाँँच्न हातेमालो गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ