१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मिनीट्रक दुर्घटनामा हराएका नेपाल एक महिनापछि मृत भेटिए

१ पुष २०७४, शनिबार १५:१०

पुस १, नुवाकोट । एक महिनाअघि मिनीट्रक दुर्घटनामा परी हराएका तार्केश्वर गाउँपालिका–२ तारुकाका गणेशश्याम नेपाल आज मृत अवस्थामा भेटिएका छन् । 

मंसिर ३ गते विदुर नगरपालिका–९ कोलनीमा बा२ख ६३४३ नंको मिनीट्रक दुर्घटना हुँदा हराएका ४४ वर्षका नेपाल घटनास्थलमा नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । 

टिपर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले उद्धार गरी चालकसहित तीनजनालाई उपचारका लागि अस्पताल पठाएको थियो । टिपरमा नै सवार नेपाललाई दुर्घटनापछि नभेटिएको भन्दै खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

सवारी दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजतलासमा लापरबाहीले हराएका अधिकारीको शव एक महिनापछि दुर्गन्धित अवस्थामा घटनास्थलमा नै भेटिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ