१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

दलितको दुध नबिकेपछी…

१ पुष २०७४, शनिबार १५:३६

पुस १, बझाङ | जिल्लाका दलित समुदायका कृषकहरुलाई यतिखेर बजारमा दुध विक्री गर्न निकै समस्या हुने गरेको छ ।

समाजमा जातिय छुवाछुत अझै कायम रहेकै कारण दलित वर्गले छोएको दुध अन्य वर्गले नपिउने हुदा उनीहरुलाई दुध विक्री गर्न समस्या भएको स्थानिय बासीहरु बताउछन । जिल्लामा अन्य वर्ग जस्तै ग्रामीण भेगका दलित वर्गका किसानहरुले पनि गाई तथा भैसीपालन गर्दे आएका छन् ।

दलित वर्गले उत्पादन गरेको दुध बजारमा विक्री नहुने गरेपछि सदरमुकाम चैनपुर लगाएत आसपासका बजारमा उपल्ला जातीले उत्पादन गरेको दुध मात्र विक्री हुने गरेको पाईन्छ । 

दलित वर्गले उत्पादन गरेको दुध उन्य जातीले किन्न नमान्ने र दलित वर्गलाई समेत आफुले उत्पादन गरेको दुध तथा दही दिन नमान्ने यहाँको परम्परा जिवितै देख्न पाइन्छ । दलित वर्गलाई घरआगन सम्म पनि छुन नमिल्ने यहाँका ग्रामीण भेगमा पुरानो परम्परा अझै कायममै छ ।

यसरी ठुलो मेहनतका साथ उत्पादन गरेको दुध बजारमा विक्री नभएपछि आफुहरु मारमा परेको दलित किसानहरुको गुनासो छ ।

जयपृथ्वी नगर पालिका ७ का एक दलित कृषकले भने, मंगलवार आफुले बजारमा विक्री गर्न भनी लिएको २ लिटर गाईको दुध कसैले पनि नलिएपछि घरमा फिर्ता गरेको बताउनुभयो । 

उनले दुधमा के जातियताको कसुर छ, दलितको हातको दुध विक्री नहुने गुनासो पोखे । ग्रामीण भेगमा गाई तथा भैसी पालन गर्दै आएका दलित किसानलाई एकातिर खरपातको समस्या छ भने अर्कातिर उत्पादन गरेको दुध दही तथा घिउ विक्री नहुने समस्या छ । 

जिल्लामा गैर दलितले उत्पादन गरेको गाई तथा भैसीको दुध बजारमा प्रति लिटर रु ८० का दरले विक्री हुने गरेको छ । दुध तथा दही विक्री गर्न दिनहु दलित बाहेक अन्य वर्गका किसानहरुको बजारमा भिड लाग्ने गरेको देखिन्छ । तर जिल्ला कृषि तथा पशुसेवा कार्यालयहरुले समेत पशुपालन ब्यवसाय जस्ता कार्यक्रम उपल्ला जातीलाई मात्र दिने गरेको पाईन्छ ।

 दलित किसानहरुको समस्यालाई मध्यनजर गर्दै उनीहरुको ब्यवसायमा सहजता ल्याउन राज्यले बजार ब्यवस्थापन गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ