१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘नगर सफाई अभियान’ सफल बनाउन माइकिङ, नगर सफा हुने संकेत

२ पुष २०७४, आईतवार १२:२५

चिसाङ शेर्पा | पौष २, खोटाङ | स्थानिय सरकार कायम भएसंगै रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र रहेका पुराना फोहोरमैलालाई सप्ताहब्यापी कार्यक्रम गरेर संकलन गरी ल्याण्डफिल्ड साईडमा ब्यावस्थापन गर्ने बिषयले नगर सफा हुने संकेत देखिएको छ ।

२ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा पहिलो नगरपालिकाका रुपमा स्थापित दिक्तेल बजारमा बर्षौदेखी होटल, कार्यालय, संघसंस्था, घरका कुनाकाप्चा तथा अलिकती अदृश्य स्थानमा थुपारिएर राखिएको फोहोरहरु उठाउने कुराले अहिले सदरमुकाम र नगरभित्रका स्थानियमा तरंग पैदा गराएको छ । आईतबारबाट नगरसफाई अभियानको माईकिङले बजारमा तातो बहस जगाएको छ । 

पौष ५ देखी ११ गतेसम्म सञ्चालन हुने सरसफाई सप्ताहले बजार आसपासका खाली स्थानहरुमा जथाभावी फोहोर फाल्दै आएका नगरबासीलाई सचेतका लागि शिक्षा दिने देखिन्छ । यो अभियानले आगामी दिनमा फोहोर तोकिएको स्थानमा ब्यावस्थापन गर्नुपर्छ भन्ने ज्ञान छोड्ने अनुमान गर्न सकिन्छ ।

मुख्यतः अहिले नगरपालिका दिक्तेल बजारको जैपुरीडाडाँ, हाटडाडाँ, रत्नपार्क, क्याम्पस, आसपास, नगरपालिकाको वडा नं. १३ हुर्लुङको सडकमुनी अत्याधिक फोहोर फाल्ने गरेको पाईन्छ । जथाभावी बोतल, सिसा, प्लाष्टिक, फलाम फाल्ने गर्दा स्वास्थ्यमा प्रत्यक्ष असर पुगीरहेको कुरा नगरपालिकाले ढिलै भए पनि पत्ता लगाएको छ । त्यसका लागि नगरपालिका, नगरवासीसँग तातिएका छन् ।

जयरामघाटमा पक्की पुल बनेसंगै जिल्ला तथा नगरपालिका भित्रने मानिसको संख्या बढ्दै जाँदा बृहत सरसफाई सप्ताह चलाउनु उचित समयमा उचित निर्णय गरेको बिश्लेषण गर्न सकिन्छ । यद्यपी, यसले कती निरन्तरता पाउँछ भन्ने प्रश्न पनि संगै आउने गर्दछ ।

नगरबासीसँग बृहत छलफल गरेर संकलन गरिएको सुझावले मुर्तरुप लिएसंगै पुर्णरुपमा नगर सफाई हुने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा नगर सफाई अभियानलाई थप मजबुत बनाउँन नगरपालिकाले आईतबारदेखी माईकिङ शुरु गरेको छ । पौष ५ गतेबाट हप्तादिनमा नगरभित्रका पुराना फोहोर हटाउने अभियान शुरु हुनेछ । माईकिङमा भनिएको छ ।  

नगर सफाई अभियानले सप्ताह पुरा गरेपछी अनुगमन समितिले पुनः नगर अनुगमन गर्ने कुरा अझ रोचक छ । ‘अनुगमनका क्रममा कार्यालय, संघसंस्थामा फोहोर भेटिएमा कार्यालय प्रमुखको कमजोरी ठह¥याउँदै फोहोरसंगै फोटो खिचेर स्थानिय पत्रिकामा प्रकाशित गरिने बिषयले प्रत्येक कार्यालयमा बहस हुन थालेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ