२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘नगर सफाई अभियान’ सफल बनाउन माइकिङ, नगर सफा हुने संकेत

२०७४, २ पुष आईतवार १२:२५

चिसाङ शेर्पा | पौष २, खोटाङ | स्थानिय सरकार कायम भएसंगै रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र रहेका पुराना फोहोरमैलालाई सप्ताहब्यापी कार्यक्रम गरेर संकलन गरी ल्याण्डफिल्ड साईडमा ब्यावस्थापन गर्ने बिषयले नगर सफा हुने संकेत देखिएको छ ।

२ नगरपालिका ८ गाउँपालिका रहेको खोटाङमा पहिलो नगरपालिकाका रुपमा स्थापित दिक्तेल बजारमा बर्षौदेखी होटल, कार्यालय, संघसंस्था, घरका कुनाकाप्चा तथा अलिकती अदृश्य स्थानमा थुपारिएर राखिएको फोहोरहरु उठाउने कुराले अहिले सदरमुकाम र नगरभित्रका स्थानियमा तरंग पैदा गराएको छ । आईतबारबाट नगरसफाई अभियानको माईकिङले बजारमा तातो बहस जगाएको छ । 

पौष ५ देखी ११ गतेसम्म सञ्चालन हुने सरसफाई सप्ताहले बजार आसपासका खाली स्थानहरुमा जथाभावी फोहोर फाल्दै आएका नगरबासीलाई सचेतका लागि शिक्षा दिने देखिन्छ । यो अभियानले आगामी दिनमा फोहोर तोकिएको स्थानमा ब्यावस्थापन गर्नुपर्छ भन्ने ज्ञान छोड्ने अनुमान गर्न सकिन्छ ।

मुख्यतः अहिले नगरपालिका दिक्तेल बजारको जैपुरीडाडाँ, हाटडाडाँ, रत्नपार्क, क्याम्पस, आसपास, नगरपालिकाको वडा नं. १३ हुर्लुङको सडकमुनी अत्याधिक फोहोर फाल्ने गरेको पाईन्छ । जथाभावी बोतल, सिसा, प्लाष्टिक, फलाम फाल्ने गर्दा स्वास्थ्यमा प्रत्यक्ष असर पुगीरहेको कुरा नगरपालिकाले ढिलै भए पनि पत्ता लगाएको छ । त्यसका लागि नगरपालिका, नगरवासीसँग तातिएका छन् ।

जयरामघाटमा पक्की पुल बनेसंगै जिल्ला तथा नगरपालिका भित्रने मानिसको संख्या बढ्दै जाँदा बृहत सरसफाई सप्ताह चलाउनु उचित समयमा उचित निर्णय गरेको बिश्लेषण गर्न सकिन्छ । यद्यपी, यसले कती निरन्तरता पाउँछ भन्ने प्रश्न पनि संगै आउने गर्दछ ।

नगरबासीसँग बृहत छलफल गरेर संकलन गरिएको सुझावले मुर्तरुप लिएसंगै पुर्णरुपमा नगर सफाई हुने नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने योजना साथमा नगर सफाई अभियानलाई थप मजबुत बनाउँन नगरपालिकाले आईतबारदेखी माईकिङ शुरु गरेको छ । पौष ५ गतेबाट हप्तादिनमा नगरभित्रका पुराना फोहोर हटाउने अभियान शुरु हुनेछ । माईकिङमा भनिएको छ ।  

नगर सफाई अभियानले सप्ताह पुरा गरेपछी अनुगमन समितिले पुनः नगर अनुगमन गर्ने कुरा अझ रोचक छ । ‘अनुगमनका क्रममा कार्यालय, संघसंस्थामा फोहोर भेटिएमा कार्यालय प्रमुखको कमजोरी ठह¥याउँदै फोहोरसंगै फोटो खिचेर स्थानिय पत्रिकामा प्रकाशित गरिने बिषयले प्रत्येक कार्यालयमा बहस हुन थालेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित