२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको दुर्गम पलातामा विद्युतीकरण अन्तिम चरणमा

२०७४, २ पुष आईतवार १५:२२

पुस २, कालीकोट | जिल्लाको पलाता गाउँपालिकास्थित फागुटीमा बिजुल्लीले झिलिमिली हुने दिन नजिकिदैँ छन् । बिकासका दृष्टिकोणले अत्यन्तै दुर्गम मानिएको फागुटीमा आगामी बैशाखसम्म बिजुल्लीले उज्यालो हुने भएको हो ।

विगत १८ बर्षदेखि निर्माणाधीन भुची खोला लघु जलविद्युत आयोजना सम्पन्नको अन्तिम चरणमा रहेको छ । उक्त लघु जलविद्युत आयोजना पुरा भएपछि पलाताको ७ वडामा पर्ने धौलागोह फागुटीका स्थानीयले विद्युत बाल्न पाउने भएका हुन् । फागुटीका २ सय ८० घरमा बिजुल्ली बाल्न पाउँने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए ।

‘विगत १८ बर्षदेखि अलपत्र भएको भुची खोला लघु जलविद्युत अब आगामी बैशाखभित्र नै उदटन हुँदै छ’ उनले भने, ‘३५ किलो वाट क्षमता भएको लघु विद्युत आयोजना पलाताकै नमुना हुँदै छ ।’ चालु आर्थिक बर्षमा पलाता गाउँपालिकाबाट ४० लाख बजेट लगानी गरिएको अध्यक्ष वमले बताए ।

२ करोड ९ लाख को लगानीमा निर्माण हुने आयोजनाको २ किलो मिटर क्यानल निर्माण भईसकेको छ । पलाताको ओल्खेदेखि फागुटीसम्म विद्युतको क्यानल निर्माण भएको उपभोक्ता समितिका सचिव जनराज बमले बताए । ‘विद्युतको क्यानल निर्माण सम्पन्न हुँदैछ’ उनले भने, ‘अब केही महिनामा यहाँका घरघरमा विजुली बाल्ने योजनाका साथ काम भईरहे्को छ ।’ विजुली बाल्न पाउने भए पछि यहाँका स्थानीयहरु खुशी भएका छन् ।

२०५६ सालमा जिल्ला विकास समिति मार्फत ३६ लाख लगानी भएको आयोजना सम्पन्न हुने चरणमा पुगेको हो । उक्त आयोजनमा धेरै लगानी भए पनि निर्माण गर्न निकै सुस्त गतिमा भएको छ । पटक—पटक उपभोक्ता समिति फेर बदल भई रहने काराणले निर्माण कार्य ढिलो भएको उपभोक्ता समितिका सचिव बमले बताए । लघु जलविद्युत आयोजनाको खरिद तथा निर्माणको काम लुम्बिनी हाइड्रोपावर एण्ड जेभि डिजाइन प्वाइन्ट कम्पनीले काम गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते